ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु « Khabarhub

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु


२९ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ । ओमानको सोहार प्रान्तमा सुरक्षा बलले दुई वटा ड्रोन खसालेका थिए । ती ड्रोनको भग्नावशेषले लागेर दुई जनाको मृत्यु भएको अल जजीराले जनाएको छ ।

ओमानको आधिकारिक समाचार एजेन्सीका अनुसार सोहारको अल-अवाही औद्योगिक क्षेत्रमा एउटा ड्रोन खसेको थियो । यसरी ड्रोन खस्दा त्यहाँ कार्यरत दुई आप्रवासी कामदारले ज्यान गुमाएका छन् ।

सुरक्षा स्रोतलाई उद्धृत गर्दै सार्वजनिक गरिएको सो प्रतिवेदनमा उक्त घटनामा अन्य केही व्यक्तिहरू घाइते समेत भएको उल्लेख छ ।

सोही प्रान्तमा अर्को एउटा ड्रोनलाई पनि सफलतापूर्वक खसालिएको समाचार एजेन्सीले जनाएको छ । हाल सुरक्षा निकायहरूले यस घटनाबारे थप अनुसन्धान गरिरहेका छन् ।

पछिल्लो समय सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको ज्यान जानेगरी इजरायल र अमेरिकाले इरानमाथि हमला गरेपछि पश्चिम एशियामा द्वन्द्व चर्किएको छ । द्वन्द्वका कारण ओमान, यूएई, कतार बहराइन साउदी अरब कुवेतजस्ता देश चपेटामा परेका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  १ : २२ बजे

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी