अनिशले जिते ‘लिगलिगे राजा’को उपाधि « Khabarhub

अनिशले जिते ‘लिगलिगे राजा’को उपाधि


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– यस वर्षको लिगलिगे दौडको उपाधि पर्वतका अनिश थापामगरले जितेका छन् ।

दशौँ लिगलिगे दौडको उपाधि जितेका अनिशको यो चौथो उपाधि हो । भारती सेनामा कार्यरत उनले यसअघि २०७१, २०७३ र २०७५ मा पनि उपाधि जितेका थिए ।

इतिहासमा हरेक वर्षको विजयादशमीको दिन लिगलिगकोटमा दौड प्रतियोगितामार्फत राजा छान्ने परम्पराको सम्झना गर्दै लिगलिगे दौड हुने गरेको छ । मर्स्याङ्दी र चेपे नदीको दोभान चेपेघाटबाट लिगलिगसम्मको १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेन्डमा पार गरेर थापा मगर प्रथम भएका हुन्।

उनले नगद ६० हजार एक सय, श्रीपेच, पगरी, ट्रफी, प्रमाणपत्र पुरस्कार पाएका छन् । ‘लिगलिगे राजा’ बनेका अनिशलाई राष्ट्रियसभाका सदस्य सुरेन्द्रराज पाण्डेले श्रीपेज लगाउँदै पुरस्कार हस्तान्तरण गरे ।

यस्तै नेपाली सेनाका खगेन्द्रबहादुर भाट द्वितीय र रामजी बस्नेत तृतीय भए। १३.८ किमि दूरी भाटले १ घण्टा १ मिनेट ८ सेकेन्डमा पार गरेका थिए भने बस्नेतले १ घण्टा १ मिनेट ३४ सेकेन्ड लगाए । द्वितीय हुने भाटले ३५ हजार एक सय र तृतीय बस्नेतले २५ हजार एक सय नगद पुरस्कारको साथमा ट्रफी मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

प्रथम भएकाअनिशलाई एक रात लिगलिगे राजाको रुपमा राख्ने चलन छ । प्रतियोगिता सकिएपछि राजालाई मोटरमा राखेर नगर परिक्रमा गराइन्छ । यस वर्षदेखि लिगलिकोट राजदूतको ब्याचसमेत उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ६ : ५२ बजे

स्पेनमा भीषण डढेलो : १२ जनाको मृत्यु

म्याड्रिड- दक्षिणी स्पेनको अल्मेरिया प्रान्तस्थित लोस गाल्यार्दोस क्षेत्रमा लागेको भीषण डढेलोमा

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव भेटियो

दैलेख– कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता

विधानको बलले बालेनविरुद्ध रविको पेनाल्टी

काठमाडौँ – यो साताको कार्टुनले विश्वकप भइरहेकाले फुटबलको माध्यमबाट नेपालको

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि