करेन्ट लागेर दुईको मृत्यु « Khabarhub

करेन्ट लागेर दुईको मृत्यु


१६ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा – झापामा दुई फरक घटनामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत सिलिगुडी घर भएका ३२ वर्षीय काजी दास र दमक नगरपालिका–५ निवासी ४० वर्षीय चिन्टु माझी रहेका छन् ।

विर्तामोड नगरपालिका–१ मा रहेको स्टिल उद्योगमा कामदारका रूपमा कार्यरत दासलाई बिहीबार दिउँसो करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पतालमा लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिए ।

त्यस्तै करेन्ट लगाएर माछा मार्ने क्रममा माझीको मृत्यु भएको हो । प्रहरीका अनुसार गत मङ्गलवार राति घर नजिकै खाल्डोमा जमेको पानीमा करेन्ट लगाएर माछा मार्ने क्रममा उनी चिप्लिएर लडेका थिए ।

लडेर गम्भीर घाइते भएका माझीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमक लगिए पनि उनको उपचारका क्रममा बुधबार राति निधन भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहीबार  ८ : ४५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना