सरकारको लोकप्रिय कामबाट विपक्षी तर्सिए– मन्त्री अर्याल « Khabarhub

सरकारको लोकप्रिय कामबाट विपक्षी तर्सिए– मन्त्री अर्याल


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताएकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सबै तहका सरकार र दलबीचमा समन्वय गरेर काम गरिरहेको उनको भनाइ थियो ।

उनले सङ्घीयताको अभ्यास नेपालमा नौलो भएकाले यसको कार्यान्वयनमा चुनौती भए पनि सरकार सबै चुनौती सामना गरेर अघि बढ्न सफल भएको चर्चा गरिन् ।

मन्त्री अर्यालले मुलुक समृद्ध बन्न गाउँ–गाउँदेखि विकासको अभियान थालिएको बताइन् ।

पोकली झरनाजस्ता प्राकृतिक सौन्दर्यता र स्थानीय संस्कृतिको प्रचार गरेर भ्रमण वर्षमा पर्यटक ल्याउन सके विश्वमा नेपालको पहिचान स्थापित हुने उनले बताइन् ।

स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई केन्द्र सरकारले सम्बोधन गर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले पोकली झरना क्षेत्रमा पूर्वाधार विकासका लागि रु ५० लाख सहयोग गर्ने घोषणा गरे ।
नेपाल सरकारका पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन वर्ष सफल बनाउन सबै संयन्त्र लागिपरेको बताए ।

पोकली झरना र थोलेदेम्बाडाँडालाई सरकारको सय पर्यटकीय गन्तव्यमा पारिएको छ र ककनी, चम्पादेवी, लिब्जुसहितका धार्मिकस्थल सेप्ली, रातमाटेसहितका झरना, चिशङ्खुगढीसहितका क्षेत्र स्रष्टा उद्यानसहितका दर्जनौँ पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको छ ।

प्रदेश नं १ का अर्थसमिति सभापति तथा त्यस क्षेत्रका सांसद मोहन खड्काले प्रदेश नं १ पर्यटकीय प्रदेशका रुपमा चिनाउन सरकार लागिरहेको बताउनुभयो । प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि वर्षेनी प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : ५५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी