सरकारको लोकप्रिय कामबाट विपक्षी तर्सिए– मन्त्री अर्याल « Khabarhub

सरकारको लोकप्रिय कामबाट विपक्षी तर्सिए– मन्त्री अर्याल


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले जनताको भावनाअनुसार काम गरेर लोकप्रियता कमाएसँगै विपक्षी तर्सिएको बताएकी छिन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सबै तहका सरकार र दलबीचमा समन्वय गरेर काम गरिरहेको उनको भनाइ थियो ।

उनले सङ्घीयताको अभ्यास नेपालमा नौलो भएकाले यसको कार्यान्वयनमा चुनौती भए पनि सरकार सबै चुनौती सामना गरेर अघि बढ्न सफल भएको चर्चा गरिन् ।

मन्त्री अर्यालले मुलुक समृद्ध बन्न गाउँ–गाउँदेखि विकासको अभियान थालिएको बताइन् ।

पोकली झरनाजस्ता प्राकृतिक सौन्दर्यता र स्थानीय संस्कृतिको प्रचार गरेर भ्रमण वर्षमा पर्यटक ल्याउन सके विश्वमा नेपालको पहिचान स्थापित हुने उनले बताइन् ।

स्थानीय सरकार र प्रदेश सरकारले प्राथमिकतामा राखेका योजनालाई केन्द्र सरकारले सम्बोधन गर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य सांसद यज्ञराज सुनुवारले पोकली झरना क्षेत्रमा पूर्वाधार विकासका लागि रु ५० लाख सहयोग गर्ने घोषणा गरे ।
नेपाल सरकारका पर्यटन सचिव केदारबहादुर अधिकारीले पर्यटन वर्ष सफल बनाउन सबै संयन्त्र लागिपरेको बताए ।

पोकली झरना र थोलेदेम्बाडाँडालाई सरकारको सय पर्यटकीय गन्तव्यमा पारिएको छ र ककनी, चम्पादेवी, लिब्जुसहितका धार्मिकस्थल सेप्ली, रातमाटेसहितका झरना, चिशङ्खुगढीसहितका क्षेत्र स्रष्टा उद्यानसहितका दर्जनौँ पर्यटकीय क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम भइरहेको छ ।

प्रदेश नं १ का अर्थसमिति सभापति तथा त्यस क्षेत्रका सांसद मोहन खड्काले प्रदेश नं १ पर्यटकीय प्रदेशका रुपमा चिनाउन सरकार लागिरहेको बताउनुभयो । प्रदेश सरकारले पर्यटक प्रवद्र्धनका लागि वर्षेनी प्राथमिकतामा राखेर कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : ५५ बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन