अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार धमाधम मैदान छाड्दै « Khabarhub

अमेरिकी राष्ट्रपतिका डेमोक्रेटिक उम्मेदवार धमाधम मैदान छाड्दै


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– आगामी नयाँ राष्ट्रपतिका लागि अमेरिकामा चुनावी सरगर्मी बढिरहँदा डेमोक्रिटिक उम्मेदवारहरुको उपस्थित कमजोर बन्दै गएको छ ।

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक प्राइमरी उम्मेदवार बेटो ओरोर्कले उम्मेदवारी नदिने घोषणा गरेका छन् । भने अर्की उम्मेदवार कमला ह्यारिसले चुनावमा खटिएका कर्मचारी कटौती गर्दै कार्यलयहरु धमाधम बन्द गर्न थालेकी छिन् ।

बेटो ओरोर्कले शुक्रबार आफ्नो चुनावी अभियान समाप्त गर्दै राष्ट्रपति पदमा उम्मेदवारी नदिने घोषणा गरेका हुन् । आफूले प्रतिस्पर्धाका लागि प्रयाप्त फण्डरेज गर्न नसकेको बताउँदै उनले मैदान छाडेका जनाएका छन् ।

ओरोर्कले सन् २०१९ को तेश्रो क्वाटरमा जम्मा साढे ४ मिलियन डलर फण्डरेज गरेका थिए ।

त्यस्तै, डेमोक्रेटिक प्राइमरी उम्मेदवार कमला ह्यारिसले न्यु ह्याम्सशायरमा तीनवटा चुनावी अभियानका अफिसहरु बन्द गरेकी छिन् । कमला ह्यारिसले डेमाक्रेटिक पार्टीका तर्फबाट क्यालिफोर्नियाबाट सिनेटमा प्रतिनिधित्व गर्छिन् ।
सन् २०१० भन्दा अघि उनी सान फ्रान्सिस्कोको डिस्ट्रिक्ट एटर्नीमा दुईपटक निर्वाचित भएकी थिइन् । कमला अमेरिकी सिनेटरमा निर्वाचित दोश्रो अश्वेत महिला हुन् ।

कमला अमेरिकी सिनेटमा पुग्ने पहिलो भारतीय अमेरिकन पनि हुन् । कमलाकी आमा भारतबाट अमेरिकामा बसाई सरेकी थिइन् ।

कमला ह्यारिसको टिम प्राइमरी नोमिनेशन जित्न र सन् २०२० मा ट्रम्पलाई हराउनका लागि फरक रणनीतिमा लागेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : १९ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको