१० मिनेट चार्ज गर्दा ३०० किलोमिटर आरामसँग यात्रा ! | Khabarhub Khabarhub

१० मिनेट चार्ज गर्दा ३०० किलोमिटर आरामसँग यात्रा !


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामान्यतया इलेक्ट्रिक कारलाई चार्ज गर्न ८ देखि १० घण्टा लाग्छ । तर अब यति लामो समय चार्जकै लागि कुर्नु नपर्ने भएको छ । जम्मा १० मिनेटमै ब्याट्री फूल चार्ज हुने गरी एक कम्पनीले ब्याट्री उत्पादन गरिरहेको छ ।

अमेरिकी पेन स्टेट यूनिर्भसिटीका युवा इन्जिनियरहरुले इलेक्ट्रिक कारको चार्जिङ समय अत्यन्त न्यून गर्न सकिने व्याट्रीको परीक्षण गरिरहेको छ ।  त्यसको लागि लिथियम आयोन व्याट्रीमा विषेश परिमार्जन भइरहेको बताइएको छ ।

उनीहरुका अनुसार १० मिनेट कार चार्जगर्दा करिब ३०० किलोमिटर आरामसँग यात्रा गर्न सकिने छ। इन्जिनियरहरुका अनुसार १० मिनेटमा ब्याट्री चार्जगर्दा कारमा रहेको व्याट्री ६० डिग्री (१४० फरेनहाईट) सम्म तातो हुनेछ । यसमा सवारीसाधन निर्माता कम्पनीले जति छिटो व्याट्री तातो हुन्छ सोही रफ्तारमा चार्जिङ पुराभएपछि व्याट्री चिसो बनाउने प्रविधिको विकास गर्नु पर्ने हुन्छ ।

पेन स्टेटका प्रोफेसर चाओ यांग वांग भन्छन् ‘हामीले प्रदर्शन गरेको व्याट्री र चार्जिङबाट इलेक्ट्रीक सवारीसाधन चार्जगर्दा १० मिनेट मात्र लाग्ने छ भने त्यसले व्याट्रीको चार्जिङ साइकलसमेत बढाउने छ । यी चार्जरले चार्जगर्दा २५०० चार्जिङ साइकल प्राप्त हुन्छ । यसले कमसेकम ५ लाख किलोमिटर यात्रा गर्न सकिने छ ।’

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ५८ बजे

अरूण-३ आयोजनामा थप ७ रोपनी ५ आना जग्गा अधिग्रहण गरिँदै

काठमाडौं – निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण-३ आयोजनालाई आवश्यक थप

राष्ट्र सङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग : उपप्रधानमन्त्री यादव

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल

श्रम नै जीवन र पूजा हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन

टेम्पो चालक विष्णुको आत्मगौरव– ‘सन्तानलाई संस्कार दिएँ, उनीहरूले सन्तोष दिए’

पतिको देहावसानपछि एक छोरा र एक छोरीको जिम्मेवारी सम्हालेकी विष्णु

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

काठमाडौं– इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी