सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीको जस्तै हालत बनाउने चेतावनी « Khabarhub

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीको जस्तै हालत बनाउने चेतावनी


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की आएको छ। बाबा सिद्दिकी हत्या प्रकरणमा फरार रहेका जिशान अख्तरको नामबाट भ्वाइस म्यासेज पठाउँदै उनलाई ज्यान मार्ने चेतावनी दिइएको हो।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सैफलाई पठाइएको भ्वाइस म्यासेजमा बाबा सिद्दिकीको जस्तै हालत बनाइदिने धम्की दिइएको छ। सन्देशमा भनिएको छ, ‘उनको पनि बाबा सिद्दिकीको जस्तै हालत हुनेछ।’

धम्की सार्वजनिक भएपछि मुम्बई प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ। यद्यपि, उक्त सन्देश वास्तवमै जिशान अख्तरले पठाएका हुन् वा कसैले उनको नाम प्रयोग गरेर धम्की दिएको हो भन्ने पुष्टि भइसकेको छैन।

प्रहरीले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोग गरेर आवाज नक्कल गरिएको हुन सक्ने सम्भावनालाई समेत अनुसन्धानमा समेटेको छ। एआईमार्फत जिशान अख्तरको आवाज नक्कल गरी धम्की दिइएको हुन सक्ने आशंकामा प्रहरीले भ्वाइस म्यासेजको स्रोत र सत्यता पत्ता लगाउने प्रयास गरिरहेको छ।

पछिल्लो समय बलिउडका कलाकारलाई लक्षित गरी धम्की दिने घटना बढिरहेका छन्। यसअघि अभिनेता अमिताभ बच्चन, आयुष्मान खुराना र तुषार कपुरलाई पनि यस्तै प्रकृतिका धम्की आएको थियो।

लगातार कलाकारहरूलाई ज्यान मार्ने धम्की आउन थालेपछि बलिउडमा सुरक्षा चिन्ता बढेको छ। आपराधिक घटनामा संलग्न व्यक्तिको नाम प्रयोग गरेर धम्की दिने घटनाले प्रहरी अनुसन्धानलाई समेत चुनौती थपेको छ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  १ : ५५ बजे

सैफ अली खानलाई ज्यान मार्ने धम्की, बाबा सिद्दिकीको जस्तै हालत बनाउने चेतावनी

काठमाडौँ – बलिउड अभिनेता सैफ अली खानलाई ज्यान मार्ने धम्की

विदेशमा रहेका नेपालीको मताधिकार : कानुन संशोधनका लागि तीन विकल्प

काठमाडौँ– विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित र अन्तरजिल्ला मतदाताको व्यवस्था

भारतमा विषाक्त मदिरा सेवनबाट ११ जनाको मृत्यु, १८० भन्दा बढी बिरामी

काठमाडौं – भारतको उत्तरपूर्वी राज्य मणिपुरमा दूषित मदिरा सेवनबाट कम्तीमा

आहा पर्वतको चुवा गाउँ (तस्बिरहरू) 

पर्वत- कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुने पर्वतको

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालअधिकार संरक्षण, बालमैत्री