हलोविनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँच जना मारिए « Khabarhub

हलोविनको पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँच जना मारिए


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सन फ्रान्सिस्कोस्थित एक हेलोविन पार्टीमा अन्धाधुन्ध गोली चल्दा पाँच जनाको मृत्यु भएको छ ।

ओरिन्डा बजारमा रहेको एक घरमा आयोजित पार्टीमा अन्धाधुन्ध गोली चलेको हो । गोली चल्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हलोविनको अवसर पारेर गत शुक्रबार सो पार्टीको आयोजना गरिएको थियो । घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

पार्टी चलिरहेकै क्रममा अन्धाधुन्ध गोली चलेको थियो । पार्टी आयोजकले स्वीकृति विना नै सो कार्यक्रमको आयोजना गरेको थियो ।

पाँच जनाको मृत्यु भएको घटनासँगै अमेरिकाको पर्यटनसँग सम्बन्धित अनलाइन बजार एयर बी एण्ड बीले स्वीकृतिबिना अब यस्ता पार्टी आयोजना नगर्ने जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : १५ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९