“माहा” चक्रबातको असर तत्काल नेपालमा पर्दैन- महाशाखा « Khabarhub

“माहा” चक्रबातको असर तत्काल नेपालमा पर्दैन- महाशाखा


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा माैसम पूर्वानुमान महाशाखाले देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मशाशाखाले पुर्वानुमान गरेको छ ।

महाशाखाले “माहा“ नामकरण गरिएको अर्को शक्तिशाली चक्रबात अरब सागरको दक्षिण–पूर्वि भागमा विकसित भइरहेको जनाएको छ । यो प्रणालि उत्तर–पश्चिमि दिशातर्फ बढिरहेको र तत्कालै यस प्रणालीको प्रभाव नेपालमा नपर्ने जनाएको छ ।

तीन दिनको मौसम

कात्तिक १७ गते (आइतबार)

दिउँसो : देशको पश्चिमी क्षेत्र लगायत पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक र दुई स्थानमा छिटफुट वर्षाको साथै उच्च हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : देशको पहाडी भस्भागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक १८ गते (सोमबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

कात्तिक १९ गते (मंगलबार)

दिउँसो : देशको पहाडी भूभागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिन्छ ।

राति : देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ४० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी