प्रभु बैंकले बोलायो साधारणसभा, विभिन्न १२ वटा प्रस्तावमाथि छलफल हुने | Khabarhub Khabarhub

प्रभु बैंकले बोलायो साधारणसभा, विभिन्न १२ वटा प्रस्तावमाथि छलफल हुने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मंसिर ६ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

साधारणसभामा ५ वटा सामान्य प्रस्ताव र ७ वटा विशेष प्रस्ताव पेश हुने बैंकले जनाएको छ । सभामा लाभांश सहितका कूल १२ प्रस्ताव पेश हुनेछन् ।

बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको थियो। साधारणसभाले प्रस्ताव पारित गरेपछि लगानीकर्ताहरुलाई लाभांश वितरण गरिनेछ ।

साधारणसभामा संस्था र साधारण शेयर स्वामित्व परिवर्तन गरेर ५१:४९ कायम गर्ने, संचालकको संख्या संशोधन गर्ने, ब्रोकर समबन्धि सेवा दिन सहायक कम्पनी स्थापना गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने प्रक्रिया शुरु गर्न संचालक समितिलाई अख्तियारी दिने, वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि लागि कार्तिक २६ गते देखि बुक क्लोज गर्ने भएको छ । कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल बैंकको चुक्तापुंजी ८ अर्ब ८९ करोड २६ लाख छ। १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड पुग्नेछ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ५७ बजे

सडक पुनर्निर्माण नहुँदा च्याङथापूवासी प्रभावित

पाँचथर- बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको

सभापतिको इच्छा विपरीत कांग्रेसमा पात हल्लिदैन

सिङ्गो राजनीतिको प्राधिकार बोकेको पार्टी जसले ०७ सालको जनक्रान्तिको नेतृत्व,

दुर्घटनामा परेका फुटबलर एंगुलोको निधन

इक्वेडर – इक्वेडरका अन्तर्राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको

कोप–२९ : राष्ट्रपति पौडेलले आज उच्चस्तरीय सत्र सञ्चालन गर्दै

अजरबैजान– जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९)मा सहभागी हुने सिलसिलामा

जिम्मेवारी बाँडफाँडमा व्यस्त ट्रम्प : एलन मस्कले पाए विशेष भूमिका

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महत्त्वपूर्ण जिम्मेवारी चयन गर्नका