प्रभु बैंकले बोलायो साधारणसभा, विभिन्न १२ वटा प्रस्तावमाथि छलफल हुने « Khabarhub

प्रभु बैंकले बोलायो साधारणसभा, विभिन्न १२ वटा प्रस्तावमाथि छलफल हुने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रभु बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले मंसिर ६ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

साधारणसभामा ५ वटा सामान्य प्रस्ताव र ७ वटा विशेष प्रस्ताव पेश हुने बैंकले जनाएको छ । सभामा लाभांश सहितका कूल १२ प्रस्ताव पेश हुनेछन् ।

बैंकको असोज १७ गते बसेको १६० औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो।

बैंकले १ अर्ब ४२ करोड २८ लाख २७ हजार ९५३ रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको थियो। साधारणसभाले प्रस्ताव पारित गरेपछि लगानीकर्ताहरुलाई लाभांश वितरण गरिनेछ ।

साधारणसभामा संस्था र साधारण शेयर स्वामित्व परिवर्तन गरेर ५१:४९ कायम गर्ने, संचालकको संख्या संशोधन गर्ने, ब्रोकर समबन्धि सेवा दिन सहायक कम्पनी स्थापना गर्ने, अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने प्रक्रिया शुरु गर्न संचालक समितिलाई अख्तियारी दिने, वार्षिक प्रतिवेदन पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि लागि कार्तिक २६ गते देखि बुक क्लोज गर्ने भएको छ । कार्तिक २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल बैंकको चुक्तापुंजी ८ अर्ब ८९ करोड २६ लाख छ। १६ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्तापुंजी १० अर्ब ३१ करोड पुग्नेछ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : ५७ बजे

रास्वपासँग सहमति नभए ज्वागलमै खुल्ने बालेनको ‘देश विकास पार्टी’ कार्यालय

ललितपुर – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नयाँ राजनीतिक दल

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच आज बिहान

रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एक जनाको मृत्यु, ६ कामदार घाइते

काठमाडौं – रौतहटमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ

सिराहा र धनुषा जोड्ने कमला पुल चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौं – ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन

खोलियो २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास

काठमाडौं – प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि