आजपनि अस्पताल गए प्रधानमन्त्री ओली « Khabarhub

आजपनि अस्पताल गए प्रधानमन्त्री ओली


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् ।

प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि टिचिङ अस्पताल गएका हुन् । अस्पतालमा प्रधानमन्त्रीको छातीको एक्स रे गरिएको थियो।

‘प्रधानमन्त्री अस्पताल प्रस्थान गर्नुभएको छ’ प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबरहबसँग भने, ‘अस्पतालबाट आएपछि मन्त्रिपरिषद् र सचिवालय बैठक हुनेछ ।’

मिर्गौलामा पुन समस्या देखिएपछि बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । बुधबार र विहीवार डायलाइसिस गरिएपछि ओली विहीवार साँझ बालुवाटार फर्किएका थिए ।

शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराएका थिए ।

‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारेमा दुईवटा विकल्प मात्रै छन्,’ बैठकमा ओलीले भनेका थिए ।

उनले बैठकमा नेताहरुलाई आफ्नो स्वास्थ्य बारे जनाकारी गराउँदै भनेका थिए,‘छिनछिनमै असहज भएपछि डायलाइसिस गरिएको थियो, भोलि फेरि डायलाइयिसस गर्नुपर्ने छ तर म एकदमै सिकिस्त छैन ।’

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यस्तै सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आज बस्दैछ ।

 

* यसअघिको समाचारमा अस्पतालको नाम फरक पर्न गएकाले  सच्याइएको छ – सम्पादक

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : २६ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)