आजपनि अस्पताल गए प्रधानमन्त्री ओली « Khabarhub

आजपनि अस्पताल गए प्रधानमन्त्री ओली


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् ।

प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि टिचिङ अस्पताल गएका हुन् । अस्पतालमा प्रधानमन्त्रीको छातीको एक्स रे गरिएको थियो।

‘प्रधानमन्त्री अस्पताल प्रस्थान गर्नुभएको छ’ प्रधामन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबरहबसँग भने, ‘अस्पतालबाट आएपछि मन्त्रिपरिषद् र सचिवालय बैठक हुनेछ ।’

मिर्गौलामा पुन समस्या देखिएपछि बुधबार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । बुधबार र विहीवार डायलाइसिस गरिएपछि ओली विहीवार साँझ बालुवाटार फर्किएका थिए ।

शनिवार नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मिर्गौलाले राम्रोसँग काम नगरेको जानकारी गराएका थिए ।

‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारेमा दुईवटा विकल्प मात्रै छन्,’ बैठकमा ओलीले भनेका थिए ।

उनले बैठकमा नेताहरुलाई आफ्नो स्वास्थ्य बारे जनाकारी गराउँदै भनेका थिए,‘छिनछिनमै असहज भएपछि डायलाइसिस गरिएको थियो, भोलि फेरि डायलाइयिसस गर्नुपर्ने छ तर म एकदमै सिकिस्त छैन ।’

प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । त्यस्तै सत्तारुढ दल नेकपाको सचिवालय बैठक पनि आज बस्दैछ ।

 

* यसअघिको समाचारमा अस्पतालको नाम फरक पर्न गएकाले  सच्याइएको छ – सम्पादक

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : २६ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस