पाल्पाको सूर्यकुण्डमा एक सय आठ धारा निर्माण गरिने « Khabarhub

पाल्पाको सूर्यकुण्डमा एक सय आठ धारा निर्माण गरिने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको तानसेन नगरपालिका–७ प्रवासस्थित सूर्यकुण्डमा १०८ धारा बनाइने भएको छ । स्थानीय वंशगोपाल युवा क्लबको नेतृत्वमा धार्मिक पर्यटकीय गन्तव्य निर्माण गरी पर्यटक आकर्षणका लागि १०८ धारा बनाउन लागिएको हो ।

मुक्तिनाथको झल्को दिने गरी १०८ धाराबाट पानी झर्ने व्यवस्था गरिने भएको छ । धारामा कालीगण्डकी नदीकै पानीमा बूढाबूढीले स्नान गर्ने व्यवस्था गरिने तानसेन नगरपालिका–७ का वडाध्यक्ष माधव जिसीले बताए ।

स्नान गरी पुन्यप्राप्ति हुने गरी धार्मिक कर्मकाण्डसमेत हुनेछ । तानसेन नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा रु पाँच लाख र आव २०७५/७६ मा रु १० लाख बजेट विनियोजन गरेपछि प्रवासको सूर्यकुण्डलाई व्यवस्थित गर्ने काम अगाडि बढाइएको वडाध्यक्ष जिसीले बताए ।

“सूर्यकुण्डको वरिपरि १०८ धारा जडान गर्ने काम हुन्छ । हामीसँग स्थानीय सरकारको बजेट अहिले छैन । स्थानीय बासिन्दाबाट रु २० हजार प्रतिव्यक्ति सङ्कलन गरी काम गर्ने योजनामा छौँ । करीब ८० घरधुरीबाट प्रतिव्यक्ति रु २० हजार उठाउन लागिएको छ”, क्लबका अध्यक्ष प्रदीप खनालले बताए ।

सूर्यकुण्डमा धारा निर्माणकार्य सम्पन्न गरी स्नान गर्न थालेपछि यस क्षेत्रकै नमूना पर्यटकीय गन्तव्यका रूपमा विकास हुने स्थानीय बासिन्दाको भनाइ छ । यसरी गन्तव्य निर्माण लागि आर्थिक सहयोग गर्न स्थानीय बासिन्दा तयार छन् ।

वडाध्यक्ष जिसीका अनुसार नारदमुनि मुक्तियात्राका क्रममा प्रवास बास बसेको भनाइ छ । “भारतको माउटभ्यालीसम्बन्धी यात्राको भिडियोमा पाल्पाको प्रवासको उल्लेख गरेको पाइन्छ”, वडाध्यक्ष जिसीले भने । यात्राबाट फर्केर प्रवासको सूर्यकुण्डलाई व्यवस्थित बनाउने योजना अघि बढाइएको हो ।

चार आना जमीनमा सूर्यकुण्ड रहेको छ । सूर्यकुण्डको सात रोपनी जमीन रहेको छ । ऐतिहासिक महत्व रहेको सूर्यकुण्डको पानी शिवालय कमलेश्वर मन्दिर र सैनामैना लगेर चढाउने चलन छ । यहाँका जल चढाउँदा पुन्यप्राप्ति हुने आशाले साउन महिनाको सोमबार निकै चहलपहल हुने गर्छ ।

माण्डव्य क्षेत्रअन्तर्गत रहेको सूर्यकुण्ड रहेको प्रवासमा शिवरात्रिका समयमा विशेष मेला लाग्दै आएको छ । स्थानीय उत्पादनको किनबेचसमेत गर्नका लागि त्यहाँ आउने परम्परा रहे पनि अहिले सांस्कृतिक कार्यक्रम गरी थप चहलपहल हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ ।

वडाध्यक्ष जिसीका अनुसार स्थानीय वंशगोपल क्लबको नेतृत्वमा वडाभित्रका चार महत्वपूर्ण आयोजनाका काम भएका छन् । सूर्यकुण्डलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने, खेलमैदान निर्माण, बगैँचालाई व्यवस्थित गर्ने कामसमेत भएको पाइन्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : २३ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर