पाकिस्तानले चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न सकेन– अमेरिका « Khabarhub

पाकिस्तानले चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न सकेन– अमेरिका


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी विदेश विभागको तर्फबाट जारी एक रिपोर्टमा पाकिस्तान लश्कर–ए–तैयबा र जैश– ए– मोहम्मद जस्ता चरपन्थी संगठनको आर्थिक स्रोत रोक्न विफल रहेको जनाइएको छ ।

अमेरिकी विदेश विभागले संसदको प्रस्तावमा २०१८ का लागि तयार गरेको चरपन्थी क्रियाकलापमा आधारित वार्षिक रिपोर्टमा पाकिस्तान चरपन्थी संगठनको ‘फन्डिङ’ रोक्न विफल रहेको उल्लेख गरिएको हो ।

यसअघि चरपन्थीलाई प्राप्त हुने वित्तिय सहयोगको निगरानी गर्ने एजेन्सी फाइनेन्सियल एक्शन टास्क फोर्सले पनि ठोस कारवाही गर्नका लागि पाकिस्तानलाई चार महिनाको समय दिएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष वैश्विक आतंकवादमा माथि आफ्नो रिपोर्ट पेश गर्ने गरेको छ ।

यसमा विश्वभरमा घटेको चरम्पन्थी घटनाबारे उल्लखे हुने गरेको छ । यसका साथै कुन देश के गर्दै छ त्यसबारेमा पनि उल्लेख गरिएको हुन्छ ।

यस रिपोर्टको आधारमा अमेरिकी संसदले यी देशलाई दिँदैआएको आर्थिक सहयोग बारे फैसला लिने गर्छ ।

रिपोर्टका अनुसार पाकिस्तानले दुई कुरा गरेको छ । एक त पाकिस्तानले आफ्नो जमिन माथि चलिरहेको चरपन्थी गुटका विरुद्धमा कारवाही गर्न असफल देखियो भने अर्को पाकिस्तानमा चरपन्थी संगठनका लागि खुले आम धन जुटाउने काम हुन्छ । त्यसलाई रोक्नका लागि पाकिस्तान सरकारले कुनै कदम उठाएको छैन ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १० : ४५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको