टन्सिलबाट पीडित हुनुहुन्छ ? यी हुन् घरायसी औषधि | Khabarhub Khabarhub

टन्सिलबाट पीडित हुनुहुन्छ ? यी हुन् घरायसी औषधि


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

टन्सिलका कारण तपाईले धेरै दुख पाउनु भएको होला । मौसममा आउने परिवर्तन पछि रुघा लाग्ने र टन्सिल हुने सामान्य जस्तै भएको हुन्छ । सामान्यता मौसममा आउने परिवर्तनका साथै चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ ।

टन्सिल भएसँगै खान र पिउन निकै समस्या पर्छ । राम्रोसँग खान र पानी निल्न पनि नसक्ने भएपनि खानपानमा समस्या नपर्ने कुरै भएन । टन्सीलबाट दुख पाएर मानिसहरु मेडिकलबाट विभिन्न खालका औषधि ल्याएर खाने गर्छन् । तर टन्सिलको उपचारका लागि घराउसी विधिले निकै फाइद पुग्छ ।

किन हुन्छ टन्सिल

हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई छोटो छोटो अंग हुन्छ । जहाँ मुखबाट गलासम्म पुग्ने दुई यो अंग हुन्छ जसलाई टन्सिल भनिन्छ । यसले शरीरको रोग प्रतिरोधक क्षमतालाई बढाउने कार्य गर्छन् । यसले शरीरको कयौं बीरामितथा संक्रमणबाट बचाउँछ । तर, कयौं पटक यो शरीरलाई बचाउने को प्रक्रियामा स्वयं नै बिरामी हुन्छ । संक्रमण या कुन अन्य कारणबाट टन्सिलमा पीडा हुन्छ । कयौं पटक यो यति बढ्छ की खान पिउनसमेत समस्या हुन्छ ।

घरायसी उपचार

यदी वर्षमा एकपट टन्सिल हुन्छ भने त यो सामान्य सामस्या हो तर यसभन्दा धेरै भएमा यो खतरनाक हुन्छ । यदी टन्सिल भएको खण्डमा एन्टी बायोटिक लिनुको सट्टा केही घरेलु उपचार गर्न सक्नु हुन्छ ।

नुन पानी

नुनमा एन्टी बायोटिक गुण हुन्छ । यसका लागि हल्का तातो पानीमा नून हालेर मुख कुरा गर्नुहोस् यसबाट निकै लाभ हुन्छ ।

हरेक दिन मनतातो पानीमा नुन राखेर या नन अल्कोहलिक माउथवास राखेर मुख कुला गर्दा टन्सिलको समस्याबाट आराम मिल्छ । अझ नुनमा थोरै बेकिंग पाउडर राखेर कुला गर्दा थप फाइदा हुन्छ ।

लसुन या ल्वाङ

टन्सिल भएको खण्डमा लसुन या ल्वाङ चुस्दा धेरै फाइदा हुन्छ । यसका अलावा उम्लिएको पानीमा ४–५ लसुन राखि उमाल्ने र छानेर यसले मुख कुला गर्ने जसले टन्सिललाई कम गर्न फाइदा पुग्छ ।

चूक अमिलो

चूक अमिलोमा पनि एन्टी ब्याक्टिरियल गुण हुन्छ । जो टन्सिलको समस्याबाट आरम दिनका लागि सहायक हुन्छ । भिनेगर आजकल बजारमा सहज रुपमा उपलव्ध हुन्छ । यसलाई पानीमा मिलाएर कुरा गर्न गर्न सक्नु हुन्छ । यो चिसो र फ्लूको भाइरससँग भिड्न पनि सक्षम हुन्छ ताथ यी विरामी हुनबाट जोगाउँछ ।

बेसार

कुला गर्नका लागि बेसार पनि राम्रो मानिन्छ । तातो पानीमा थोरै बेसार मिसाएर कुला गर्दा टन्सिल निको पार्न फाइदा हुन्छ । राति सुत्नु भन्दा पहिला एक गिलास तातो दूधमा थोरै बेसार र मरिच पाउडर पीउनाले राहत मिल्छ ।

पानीको प्रयोग

टन्सिलबाट आराम चाहिएको खण्डमा अत्याधिक पानी पिउनु जरुरी छ । सूप, जूूस तथा अन्य पेय पर्दाको प्रयोग बढी गर्नु आवश्यक छ । पानी पिउँदा गला चिसो रहन्छ । तर पेयपदार्थमा चिया, कफी या रक्सीलाई भने पूर्णरुपमा त्याग्नु पर्छ । यस्तो अवस्थामा महले पनि फाइदा पु-याउँछ ।

हर्वल चीया
टन्सिल हुँदा हर्वल चीया पिउदा पनि आराम मिल्छ । कागती या मह मिसाइएको चियाले पनि फाइदा पुग्छ ।
तुलसीवाला चिया पनि टन्सिलका लागि फाइदा हुन्छ । यसका लागि ५ पत्ता तुली, ५ वटा मरिच थोरै चुकअमिलो एक कप पानीमा उमालेर छानी खानु फाइदाजनक हुन्छ ।

चिकेन सुप

चिकन सूपमा सोडियमको मात्रा धेरै हुन्छ । यो सू्रपमा कयौं पोषक तत्वपनि पाइन्छ । टन्सिल भए खाना खानसकिँदैन । जसका कारण शरीरमा भएको पोषक तत्वको कमीलाई चिकेन सुपले पुरा गर्छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १२ : २६ बजे

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले

कर्णालीमा सरकार विस्तार, को-को बने मन्त्री ?

सुर्खेत– कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सरकार विस्तार गरेका छन् ।