गुगलको आग्रह : आफ्नो क्रोम ब्राउजर तत्काल अपडेट गर्नुहोस् | Khabarhub Khabarhub

गुगलको आग्रह : आफ्नो क्रोम ब्राउजर तत्काल अपडेट गर्नुहोस्


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्टरनेट चलाउने विश्वभरका करोडौँ प्रयोकर्ताले गुगल क्रोमको प्रयोग गर्ने गरेका छन् । त्यही करोडौँ गुगल क्रोम प्रयोगकर्ता मध्ये तपाई पनि एकमा पर्नु हुनेछ ।

पछिल्लो समय सर्च इन्जिन कम्पनी गुगलले इन्टरनेट सुरक्षालाई ध्यानमा राख्दै विश्वभरका गुगल क्रोम प्रयोगकर्तालाई आफ्नो ब्राउजरलाई पछिल्लो संस्करणमा अपडेट गर्न आग्रह गरेको छ ।

यदि तपाईंले ब्राउजरलाई अपडेट गराउनु भएन भने ह्याकर्सको फन्दामा तपाईंको कम्प्युटर वा अन्य इन्टरनेट चल्ने डिभाइस पर्न सक्ने चेतावनी गुगलले दिएको छ । डिजिटल ट्रेन्ड्सका अनुसार गुगल क्रोमको पछिल्लो अपडेटले टु जिरो डे वल्नरबिलिटीलाई ठीक राख्ने छ । यसमा एक ब्राउजरको अडियो कम्पोनेन्ट (CVE-2019-13720) तथा PDFium (CVE-2019-13721) लाइब्रेरीलाई प्रभावित गर्दथ्यो ।

पुरानो भर्सनको क्रोम ब्राउजरमाथि ह्याकरले सहजै ह्याक गर्न सक्ने आशंकामा गुगलले नयाँ भर्सन अपडेटका लागि प्रयोगकर्तालाई आग्रह गरेको हो ।

ह्याकरले सहज रुपमै ब्राउजरको मेमोरीमा स्टोर भएका डेटा चोर्न सक्ने वा मोडिफाइ गर्न सक्ने छ । यसका साथमा कुनै पनि डिभाइसभित्र उसको पूर्ण रुपमा पहुँच भएको खण्डमा मात्रै गर्न सक्नेछ । गुगलले यस्ता सबै खतराबाट बच्नका लागि फिक्स रोलआउट गरिदिएको छ ।

आगामी दिनमा सबै प्रयोगकर्तामा नयाँ भर्सन अपडेट पुग्ने छ । यदि तपाईं यो अपडेटलाई म्यानुअल्ली गर्न चाहनु हुन्छ भने जाँच गर्न सक्नु हुनेछ । यसका लागि आफ्नो क्रोम ब्राउजरको दायाँ तर्फ दिइएको तीन वटा डटमा क्लिक गर्नुहोस् । यसपछि Help मा गएर About Google Chrome मा जानुहोस् । तपाईंले त्यहाँ आफ्नो गुगल क्रोम अपडेट भएको हेर्न पाउनु हुनेछ ।

कम्पनीले आईओएस, म्याक, विन्डोज तथा लिनक्सको ब्राउजरमा क्रोमको भर्सन ७८ लाई अपडेट गरेको छ । आईफोन प्रयोगकर्ताको लागि यस अपडेटका साथै सिस्टम वाइड डार्क मोड प्राप्त हुनेछ ।

यसको मतलब डिस्प्ले तथा ब्राइटनेस सेटिङ्गमा गएर डार्क मोड चयन गरेमा गुगल क्रोम त्यसलाई अलगै अफ गर्ने अप्सन दिने छैन । गुगल क्रोमको डार्क मोडको नयाँ ट्याब पेजमा समेत दोस्रो मेन्यु अप्सनमा देख्न सकिनेछ ।

प्रयोगकर्तालाई बुकमाक्र्स, हिस्ट्री, रिसेन्ट ट्याब्स तथा रिडिङ्ग लिस्टमा पनि एक नयाँ डिजाइन उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : ४४ बजे

निजी क्षेत्रले प्रसारणलाइन निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ : अध्यक्ष कार्की

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले

लगानी सम्मेलन : चिनियाँ कम्पनी सिमेनले नेपालमै ईभी बनाउन ३ अर्ब लगानी गर्ने

काठमाडौं – विद्युतीय गाडी (इलेक्ट्रिक भेहिकल) को आकर्षक बजार बनिरहेको

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

काठमाडौं- बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध