गुगलको आग्रह : आफ्नो क्रोम ब्राउजर तत्काल अपडेट गर्नुहोस् « Khabarhub

गुगलको आग्रह : आफ्नो क्रोम ब्राउजर तत्काल अपडेट गर्नुहोस्


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्टरनेट चलाउने विश्वभरका करोडौँ प्रयोकर्ताले गुगल क्रोमको प्रयोग गर्ने गरेका छन् । त्यही करोडौँ गुगल क्रोम प्रयोगकर्ता मध्ये तपाई पनि एकमा पर्नु हुनेछ ।

पछिल्लो समय सर्च इन्जिन कम्पनी गुगलले इन्टरनेट सुरक्षालाई ध्यानमा राख्दै विश्वभरका गुगल क्रोम प्रयोगकर्तालाई आफ्नो ब्राउजरलाई पछिल्लो संस्करणमा अपडेट गर्न आग्रह गरेको छ ।

यदि तपाईंले ब्राउजरलाई अपडेट गराउनु भएन भने ह्याकर्सको फन्दामा तपाईंको कम्प्युटर वा अन्य इन्टरनेट चल्ने डिभाइस पर्न सक्ने चेतावनी गुगलले दिएको छ । डिजिटल ट्रेन्ड्सका अनुसार गुगल क्रोमको पछिल्लो अपडेटले टु जिरो डे वल्नरबिलिटीलाई ठीक राख्ने छ । यसमा एक ब्राउजरको अडियो कम्पोनेन्ट (CVE-2019-13720) तथा PDFium (CVE-2019-13721) लाइब्रेरीलाई प्रभावित गर्दथ्यो ।

पुरानो भर्सनको क्रोम ब्राउजरमाथि ह्याकरले सहजै ह्याक गर्न सक्ने आशंकामा गुगलले नयाँ भर्सन अपडेटका लागि प्रयोगकर्तालाई आग्रह गरेको हो ।

ह्याकरले सहज रुपमै ब्राउजरको मेमोरीमा स्टोर भएका डेटा चोर्न सक्ने वा मोडिफाइ गर्न सक्ने छ । यसका साथमा कुनै पनि डिभाइसभित्र उसको पूर्ण रुपमा पहुँच भएको खण्डमा मात्रै गर्न सक्नेछ । गुगलले यस्ता सबै खतराबाट बच्नका लागि फिक्स रोलआउट गरिदिएको छ ।

आगामी दिनमा सबै प्रयोगकर्तामा नयाँ भर्सन अपडेट पुग्ने छ । यदि तपाईं यो अपडेटलाई म्यानुअल्ली गर्न चाहनु हुन्छ भने जाँच गर्न सक्नु हुनेछ । यसका लागि आफ्नो क्रोम ब्राउजरको दायाँ तर्फ दिइएको तीन वटा डटमा क्लिक गर्नुहोस् । यसपछि Help मा गएर About Google Chrome मा जानुहोस् । तपाईंले त्यहाँ आफ्नो गुगल क्रोम अपडेट भएको हेर्न पाउनु हुनेछ ।

कम्पनीले आईओएस, म्याक, विन्डोज तथा लिनक्सको ब्राउजरमा क्रोमको भर्सन ७८ लाई अपडेट गरेको छ । आईफोन प्रयोगकर्ताको लागि यस अपडेटका साथै सिस्टम वाइड डार्क मोड प्राप्त हुनेछ ।

यसको मतलब डिस्प्ले तथा ब्राइटनेस सेटिङ्गमा गएर डार्क मोड चयन गरेमा गुगल क्रोम त्यसलाई अलगै अफ गर्ने अप्सन दिने छैन । गुगल क्रोमको डार्क मोडको नयाँ ट्याब पेजमा समेत दोस्रो मेन्यु अप्सनमा देख्न सकिनेछ ।

प्रयोगकर्तालाई बुकमाक्र्स, हिस्ट्री, रिसेन्ट ट्याब्स तथा रिडिङ्ग लिस्टमा पनि एक नयाँ डिजाइन उपलब्ध गराइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  १ : ४४ बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,