सुकुटे बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो « Khabarhub

सुकुटे बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको मागे देउरालीबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेकाे छ ।

आइतबार दिउँसो करिब १ बजे भएको दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

नदीमा खसेको बसलाई बाहिर निकालिएको छ । नदीबाट निकालिएको बस खाली रहेको छ। बसमा भएका मानिस खोलाले बगाएका अनुमान गरिएको डीएसपी काफ्लेले बताए । खोलाले बगाएका शवहरुको खोजी जारी रहेको उनले जानकारी दिएका छन् ।

बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो । बस खोलामा पूर्णरुपमा डुबेको थियो ।

घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइतेको उपचारका लागि अस्पताल लगिँदैछ ।

घटनाका बारेमा थप विवरण आउँदैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : २१ बजे

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री