सुकुटे बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो « Khabarhub

सुकुटे बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दोलखाको मागे देउरालीबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ९ पुगेकाे छ ।

आइतबार दिउँसो करिब १ बजे भएको दुर्घटनामा ३९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

नदीमा खसेको बसलाई बाहिर निकालिएको छ । नदीबाट निकालिएको बस खाली रहेको छ। बसमा भएका मानिस खोलाले बगाएका अनुमान गरिएको डीएसपी काफ्लेले बताए । खोलाले बगाएका शवहरुको खोजी जारी रहेको उनले जानकारी दिएका छन् ।

बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो । बस खोलामा पूर्णरुपमा डुबेको थियो ।

घाइतेको अवस्था गम्भीर रहेकोले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । घाइतेको उपचारका लागि अस्पताल लगिँदैछ ।

घटनाका बारेमा थप विवरण आउँदैछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  २ : २१ बजे

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको