पूर्व सभामुख महरामाथिको थुनछेक बहस शुरु « Khabarhub

पूर्व सभामुख महरामाथिको थुनछेक बहस शुरु


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुनछेक बहस शुरु भएको छ ।

जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिए ।

यसक्रममा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ भने त्यसपछि महरा पक्षका वकिलले बहस गर्दै छन् । बहस सकिएपछि उनलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ ।

काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दर्ता दफा ३४(३) बमोजिम जबरजस्ती करणी उद्योगको आरोप लगाउँदै गत बिहीबार मुद्दा दर्ता गरेको थियो ।

संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ३ : ०१ बजे

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय