सुकुटे बस दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो « Khabarhub

सुकुटे बस दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

दोलखाको मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेस्थित सुनकोशी नदीमा खसेको हो । १० जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो करिब १ बजे दुर्घटनामा परेको बसमा ४० भन्दा बढी सवार रहेको पाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब नायव उपरीक्षक (डीएसपी) माधव काफ्लेले जानकारी दिए ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शवहरु खोलाले बगाएको अनुमान छ । दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ ।

घाइतेलाई सिन्धु सहावहार अस्पताल र गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।

दुर्घटनाग्रस्त बसलाई सुनकोशी नदीबाट निकालिँदै । तस्वीर : रासस

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली