सलमान खानको फिल्ममा सुनील थापाले अभिनय गर्ने « Khabarhub

सलमान खानको फिल्ममा सुनील थापाले अभिनय गर्ने


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहास जगतमा ‘राते काइँला’ का रुपमा परिचित वरिष्ठ कलाकार सुनील थापाले सलमान खानको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा अभिनय गर्ने भएका छन् । फिल्ममा सुनील थापाले अभिनय गर्ने मौखिक सम्झौता भए पनि लिखित सम्झौता भने हुन बाँकी छ ।

पाँच वर्षअघि प्रियंका चोपडासँग फिल्म ‘मेरी कोम’ मा काम गरेर चर्चा कमाएका सुनील थापाले सलमान खान फिल्मसको ब्यानरमा बन्ने फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने जनाइएको छ । फिल्ममा भारतको मणिपुर राज्यको कथा रहनेछ भने थापालाई मुखियाको भूमिकामा देख्न सकिनेछ ।

फिल्म ‘मेरी कोम’ मा निभाएको भूमिकाका कारण सुनील थापाको बलिउडमा समेत चर्चा भएको थियो । फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा पाइला राखेका थापालाई नेपाली फिल्म जगतमा कुशल खलनायकका रुपमा लिने गरिन्छ ।

‘क्वाथा’ को छायांकन थाइल्याण्डमा हुने जनाइएको छ । यद्यपि सुनील थापाले भने फिल्म छायांकनका लागि नेपाल आउन आग्रह गरेको बताएका छन् । नेपालको पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने हेतुले फिल्म शूटिङका लागि नेपाल आउन आग्रह गरेको थापाले बताए ।

फिल्ममा क्याटरीना कैफकी बहिनी इसाबेला र सलमान खानका ज्याइँ आयुष शर्माको शीर्ष भूमिका रहनेछ । इसाबेलको यो डेब्यु फिल्म हुनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : १५ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक