नेकपाले बालुवाटारमा बोलायो सचिवालय बैठक « Khabarhub

नेकपाले बालुवाटारमा बोलायो सचिवालय बैठक


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्यहरुको बैठक डाकेको छ ।

नेकपाले आइतबार साँझ ५ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक डाकेको हो ।

नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले साँझ ५ बजेका लागि सचिवालय बैठक बोलाइएको बताए ।

नेता श्रेष्ठका अनुसार आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

उपनिर्वाचनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने नजिकिँदै गर्दा नेकपाले उम्मेदवार तोक्ने तयारी शुरु गरेको हो ।

उपनिर्वाचन हुने जिल्ला तथा क्षेत्रबाट पार्टीका कमिटीले संभावित उम्मेदवारको सूची पठाइसके पनि केन्द्रबाट भने निर्णय हुन सकेको छैन ।

आइतबार साँझको बैठकले उपनिर्वाचन हुने ठाउँका प्रतिनिधिसभा, प्रदेशसभा, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा वडाध्यक्षका लागि उम्मेदवार तोक्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ४ : ५३ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको