मन्त्रिपरिषदको आकस्मिक बैठक स्थगित, प्रदेश प्रमुख नियुक्तिको मिति टर्‍यो « Khabarhub

मन्त्रिपरिषदको आकस्मिक बैठक स्थगित, प्रदेश प्रमुख नियुक्तिको मिति टर्‍यो


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेका लागि बोलाएको मन्त्रिपरिषदको ‘आकस्मिक’ यसअघि डेढ घण्टा सारेर साढे ६ बजेका लागि बोलाइएको थियो । बैठकले प्रदेश प्रमुख सिफासिर गर्ने तयारी थालेको थियो ।

तर, सचिवालय सदस्यहरुले प्रदेश प्रमुख नियुक्तिका लागि थप गृहकार्य आवश्य रहने भनेपछि आइतबार बस्ने भनिएको बैठक स्थगित भएको हो । अर्को बैठक विहान ११ बजेका लागि बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

आइतबार बिहान ११ बजे समेत मन्त्रिपरिषद बैठक बसेको थियो । बैठकले त्रिवि उपकुलपति, मडिकल काउन्सिल अध्यक्ष नियुक्ति र प्रदेश प्रमुख पदमुक्तका लागि सिफारिस गर्ने लगायतका निर्णय गरेको थियो ।

सरकारको सिफासिर अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ७ : ३६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको