कास्की-२ मा नेकपाबाट विद्या भट्टराई उम्मेदवार « Khabarhub

कास्की-२ मा नेकपाबाट विद्या भट्टराई उम्मेदवार


१७ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवारमा विद्या भट्टराईको नाम टुंगो लगाएको छ ।

आइतबार बसेको नेकपा सचिवालय बैठकले विद्या भट्टराईको नाम टु‌ंगो लगाएकाे हो ।

नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो।

प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी र राजकाजी गुरुङको नाम पठाएको थियो । सचिवालय बैठकले विद्याकै नाममा सहमति जुटाएको हो।

जिल्ला कमिटी कास्कीले कात्तिक ८ गते विद्या भट्टराईको नाम सिफारिस गरेको थियो । तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि कास्की नेकपाले भट्टराईको नाम सिफारिस गरेको थियो ।

तर, नेकपा गण्डकी प्रदेशले भने उम्मेदवारका लागि तीन जनाको नाम केन्द्रमा पठाएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ८ : २० बजे

संसद्‍को पहिलो बैठकमा तीन वटा अध्यादेश पेश गर्दै गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा दिल्ली क्यापिटल्सले

सुरु भयो एसईई (तस्बिरहरू)

काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प

इन्डोनेसिया – इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

बालाजुको बाइसधारा मेला (तस्बिरहरू)

काठमाडौँ– चैत शूक्ल पूर्णिमा दिन आज ऐतिहासिक महत्व बोकेको काठमाडौँको