राष्ट्रिय राजनीति : के मा स्वार्थ मिल्यो, कहाँ टकराव ? « Khabarhub

राष्ट्रिय राजनीति : के मा स्वार्थ मिल्यो, कहाँ टकराव ?


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राष्ट्रिय स्वार्थमा विमति, दलीयमा एक’ शीर्षकमा आजको अन्नपूर्ण पोस्टले मुख्य समाचार छापेको छ । राष्ट्रिय राजनीतिमा देखिएको यो अवस्थालाई बुँदाबद्ध पत्रिकाले प्रस्तुत गरेको छ ।

सत्तापक्ष र प्रतिपक्षका स्वार्थ मिलेका विषय– वाइडबढी घोटाला प्रकरण, अख्तियार आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो, द्वन्द्वकालीम मुद्दा, राजदूतको फिर्ता – थमौती र मौलिक हकसम्बन्धी कानून निर्माण । पत्रिकाले टकरावका विषयलाई पनि उल्लेख गरेको छ– संवैधानिक परिषद् प्रमुख प्रतिपक्षविना निर्णय, विदेश नीतिमा मतभिन्नता, भेनेजुएला प्रकरणमा कित्ता र निर्मला हत्या प्रकरण । त्यसैगरी छाया सरकारमा पनि गुट शीर्षकमा पनि समाचार छापेको छ ।

त्यस्तै पत्रिकाले रहेनन् वृद्धभत्ताका योजनाकार शीर्षकमा अर्को समाचार छापेको छ । त्यस्तै पत्रिकाले नेपालको पहुँच चार–चार बन्दरगाहमा शीर्षकमा अर्को समाचार छापेको छ । छिमेकी भारत र चीनसँग बराबरको सम्बन्ध । अब नेपालले भारतका हल्दिया, विशाखपटनम, ढर्मा र मुन्द्रा तथा चीन्का तियानजिन, यिनयुंगा, सन्जेन र झानजियाङ बन्दरगाह प्रयोग गर्ने ।

कृषिजन्य वस्तु उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर तुल्याउनेदेखि गरिबी निवारणका नाममा दाताको ऋण÷अनुदान र नेपाल सरकारबाट प्रशस्त मात्रामा लगानी भएको उल्लेख गर्दै पत्रिकाले कृषि अनुदान पहुँचवालमै शीर्षकमा सम्पादकीय लेखेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ६ : ३३ बजे

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ

जाँचबुझ आयोगको प्रतिवेदन : एक विदेशीसहित २४ जना आन्दोलनकारीबाटै मारिए

काठमाडौँ- भदौ २३ र २४ को जेनजी आन्दोलनमा ७६ जनाको

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना