पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती « Khabarhub

पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, छोरीहरुले दिए दागबत्ती


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

दिवंगत नेता अधिकारीको चितामा छोरीहरु लुना अधिकारी (बस्नेत), लिमा अधिकारी (आचार्य) र लिजा अधिकारी ले दागबत्ती दिए ।

लामो समयदेखि श्वासप्रश्वास र निमोनियाबाट ग्रसित अधिकारीको उपचारको क्रममा शनिबार राति ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको थियो ।

दिवंगत नेता अधिकारीको पार्थीव शरीरलाई आइतवार विहान अन्तिम श्रद्धाञ्जलीका लागि धुम्बाराहीस्थित नेकपाको मुख्यालयमा राखिएको थियो ।

अधिकारीको सम्मानमा सशस्त्र प्रहरीको एक टुकडीले आर्यघाटमा सलामी अर्पण गरेको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  २ : २२ बजे

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल

पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-७ लामाबगरमा आज