‘सिप्यान’ अवार्ड : तीन विधाका मनोनयन सार्वजनिक, को को अटाए ? « Khabarhub

‘सिप्यान’ अवार्ड : तीन विधाका मनोनयन सार्वजनिक, को को अटाए ?


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पहिलो पटक आयोजनना  हुन लागेको एनसीसीएस—‘सिप्यान’ क्रिकेट अवार्ड २०१९ को मनोनयनमा परेका तीन विधाका १५ जना खेलाडीको नाम आयोजक क्रिकेट खेलाडी संघ (‘सिप्यान’) ले सार्वजनिक गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘सिप्यान’ ले तीन विधाका मनोनयनमा परेका खेलाडीको नाम सार्वजनिक गरेको हो । जसमा ‘वर्ष उत्कृष्ट खेलाडी’ पुरुषतर्फ राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का सहित दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी मनोनयनमा परेका छन् ।

यस्तै, महिलातर्फ राष्ट्रिय महिला टोलीकी कप्तान रुवीना क्षेत्री बेलबासी, इन्दु बर्मा, करुणा भण्डारी, सरिता मगर र सीता खराना मगर मनोनयनमा परेकी छन् ।

वर्षको उदयीमान खेलाडीको विधामा अभिनास बोहरा, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, सन्दीप जोरा र कविता कुँवर मनोनयनमा परेका छन् ।

खेलाडी छनोटका लागि ‘सिप्यान’ले निश्चित मापदण्ड अनुसार खेलाडी छनोट गर्न यसअघि नै ७ सदस्यीय प्राविधिक समिति बनाएको थियो । जसमा राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटा, राष्ट्रिय महिला टोली तथा यु—१९ टोलीका प्रशिक्षक विनोद दास, अम्पायर विनोद झा, अम्पायर तथा क्रिकेट विश्लेषक दुर्गा सुवेदी छन् ।

टेक्नीकल कोअडिनेटर रमन सिवाकोटी तथा नेपाल खेलकुद पत्रकार मञ्चका प्रतिनिधि सरिता श्रेष्ठ र सुवास हुमागाईसहितको टोलीले खेलाडीको मनोयन गरेको हो ।

यस्तै, ‘सिप्यान’ले ‘मुम्मेन्ट अफ दी इयर’का लागि यसअघि नै मनोनयन घोषणा गरिसकेको छ । जसको भोटिङ सामाजिक सञ्जाल फेसबुकमा ‘सिप्यान’को फेसबुक पेजमा दिइएको लिङ्कमार्फत भोटिङ गर्न सकिन्छ । जसको भोटिङ समय सोमबार राति १२ बजेसम्म मात्रै रहने आयोजकले जनाएको छ ।

नेपाली क्रिकेटमा योगदान पुर्‍याएका एक व्यक्तिलाई प्रदान गरिने ‘लाइफ टाइम अचिभमेन्ट अर्वाड’को मनोनयन भने मंगलबार सार्वजनिक गरिने आयोजकले जानकारी गराएको छ ।

पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडीले नगद १ लाख ३२ हजार पुरस्कार राशि प्राप्त गर्नेछ भने अन्य ४ वटै विधाका पुरस्कृत हुने खेलाडीले समान ६६ हजार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ३ : ५८ बजे

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय

धादिङमा ग्यास बुलेट दुर्घटना हुँदा मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

काठमाडौँ – चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा

कांग्रेस महाधिवेशन : ६ हजार ७ सय मत खस्यो

काठमाडौं- कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ ।