कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय « Khabarhub

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय


२३ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ ।  

पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले कार्तिक ७ गते देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी, र सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए ।

त्यस्तै बैठकले पुस ११ गते देशभरिका सम्पूर्ण वडा स्तरका अधिवेशनहरू र माघ १५ गते देशभरिका सम्पूर्ण पालिकाहरूमा एकैदिन पालिका स्तरीय अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ । 

स्थानीय तहको निर्वाचन लगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने प्रवक्ता ज्वालाले बताए । 

’ग्रे जोन’ पत्रिकाको रिपोर्टमा उल्लेखित राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषयमा सरकारले आफ्नो आधिकारिक स्थिति सार्वजनिक गर्न विशेष प्रस्ताव समेत पारित गरेको उनले जानकारी दिए ।

त्यस्तै बैठकले युवा क्षेत्रको कामलाई प्राथमिकता दिँदै कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने र प्रवासको काम, श्रमजीवी मजदुर र किसानहरूबीचको कामलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय गरेको उनले बताए । 

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ५ : १३ बजे

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका

गजुरीमा सडक भासिँएपछि काठमाडौँ–मुग्लिन सठक ठप्प

काठमाडौँ – धादिङको गजुरीमा सडक भासिँएपछि मुग्लिन–काठमाडौँ सडकखण्ड बन्द भएको

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा, घटस्थापनाअघि नै सञ्चालनमा ल्याइने  

नुवाकोट– नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर

अब बिल दिने बिक्रेतालाई पनि पुरस्कार, व्यवस्था गर्न विभागलाई दिए अर्थमन्त्रीले निर्देशन

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा

राष्ट्रपतिले जारी गरे विपदसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले एक अध्यादेश जारी गरेका छन् ।