यसरी प्राप्त हुन्छ अध्ययनका लागि अमेरिका जाने ‘विद्यार्थी भिसा’ « Khabarhub

यसरी प्राप्त हुन्छ अध्ययनका लागि अमेरिका जाने ‘विद्यार्थी भिसा’


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अमेरिका संसारकै विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै रुचाइएको देश हो । नेपाली विद्यार्थीहरुका लागि पनि अमेरिका अध्ययन गर्न जानु पहिलो रुची हुने गरेको छ । तर, अमेरिका अध्ययन गर्न जान शैक्षिक र आर्थिक रुपमा ‘सक्षम’ व्यक्ति हुनुपर्दछ ।

शैक्षिक अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीले अंग्रेजी भाषाको दक्षमता मापन गर्ने टोफेल, जीआइई, जीम्याट, स्याट र आईएलटीएसको परिक्षामा राम्रो अंक प्राप्त गरेको हुनुपर्छ । त्यसपछि शिक्षा मन्त्रालयबाट विदेश पढ्न जाने सिफारीस पत्रसंगै विद्यार्थी भर्ना गर्ने अमेरिकी शैक्षिक संस्थाको स्वीकृतीपत्रपछि मात्र भिसा आवेदन भर्नुपर्दछ ।

अमेरिकामा कलेजपिच्छे आवेदन प्रक्रिया फरक र भर्ना लिने आफ्नै मापदण्ड रहेकाले उनीहरुले विद्यार्थीलाई सिफारिसपत्र कहिले पठाउँछन् भन्ने निश्चित हुँदैन । कुनै कलेजले तुरुन्तै पठाउने भएपनि कुनैमा भने समय लाग्न सक्छ ।

शैक्षिक संस्थाबाट अफर लेटर आएपछि तपाईंले एफवान भिसाको फर्म भर्ने, कलेजको फी तिर्ने र अन्तर्वार्ताका लागि जानुपर्दछ । अमेरिका अध्ययन गर्न जानेले एफ वान भिसा भर्नुपर्दछ । अनौपचारिक अध्ययनका लागि जानेका लागि एम वान भिसा प्रदान गरिन्छ ।

अमेरिकाको शैक्षिक प्रतिष्ठान (युसेफ) मा रहेको एजुकेशन युएसए कार्यालयले प्रत्येक साता एक दिन अमेरिकामा अध्ययनका बिषयमा निशुल्क शैक्षिक परामर्श दिने गर्दछ । कुनै पनि विद्यार्थीको आवश्यक जिज्ञासाको जवाफ दूतावासले निशुल्क दिन्छ र आवश्यक बिषयहरु दूतावासको वेभसाइटमा समेत राखिएको हुन्छ । अत्यन्तै मेधावी विद्यार्थीहरुका लागि अमेरिकी शैक्षिक संस्थाहरुले छात्रावृत्ति पनि उपलब्ध गराउँछन् ।

अन्तवार्ताका लागि जाँदा विद्यार्थीले अमेरिकी शैक्षिक संस्थाबाट प्राप्त सिफारिसपत्र, आफ्नो ट्रान्सक्रिप्ट, आवश्यक अन्तर्राष्ट्रिय परीक्षाको प्रमाणपत्र, आर्थिक अवस्थाको प्रमाणपत्र साथमा लैजानुपर्दछ । अन्तर्वार्ता निकै छोटो हुने हुँदा संक्षेपमा जवाफ दिनुपर्दछ । अमेरिकामा किन पढ्न चाहनुहुन्छ ? कुन विषय पढ्न जाँदै हुनुहुन्छ ? किन तपाईंले सो बिषयमा रुची राख्नुभयो ? तपाईको अध्ययन खर्च कस्ले र कसरी बेहोर्नुहुन्छ ? अध्ययन पूरा भएपछि तपाई के गर्नुहुन्छ आदी प्रश्नहरु सोधिन्छन् ।

भिसा प्राप्त गरिसकेपछि पनि विद्यार्थी नियमित रुपमा पढ्न नगए भिसा रद्द हुन सक्छ । विद्यार्थी भिसा लिएको व्यक्ति शैक्षिक संस्थामा ५ महिनाभन्दा लामो समय सम्पर्कमा नगएमा वा पढाइ छाडेमा शैक्षिक भिसा रद्द हुन्छ । अध्ययन पुरा नगरी विद्यार्थी फर्केमा वा अन्य गतिविधि भएमा भबिष्यमा समेत अमेरिका अध्ययनका लागि आउन वा अन्य खालका प्रतिबन्ध लगाइन्छ ।

अध्ययनकै क्रममा बाहेक पाँच महिनाभन्दा लामो समय विदेश रहेर पुन अमेरिका फर्कने विद्यार्थीको भिसाको म्याद रहेपनि अध्यागमन अधिकारीले अस्विकृत गरी डिपोर्ट गरिदिन सक्छन् । लामो समय अध्ययनकै क्रममा बाहिर रहेपनि उद्देश्य खुल्ले गरी शैक्षिक संस्थाको पत्र विद्यार्थीले बोक्नुपर्दछ ।

अमेरिकी कानूनले सरकारी लगानी रहेका या सरकारी खर्च हुने सामुदायिक विद्यालयहरुमा विदेशी विद्यार्थी भर्ना गर्न दिँदैन । पढ्न जाने विद्यार्थीप्रति आश्रित श्रीमान÷श्रीमती पनि जान अमेरिका पाउँछन् । जसका लागि एफ वा एम भिसा प्रदान गरिन्छ । एक वर्षभित्र जम्मा ६ महिनामात्र बस्नेले भने पर्यटन भिसा (बी वान)मै पनि पनि जान सकिन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ४ : ५८ बजे

अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !

काठमाडौं– नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रियालाई

नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै

दमौली- नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४

मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै