यसरी प्राप्त हुन्छ अध्ययनका लागि अमेरिका जाने ‘विद्यार्थी भिसा’ « Khabarhub

यसरी प्राप्त हुन्छ अध्ययनका लागि अमेरिका जाने ‘विद्यार्थी भिसा’


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अमेरिका संसारकै विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि सबैभन्दा धेरै रुचाइएको देश हो । नेपाली विद्यार्थीहरुका लागि पनि अमेरिका अध्ययन गर्न जानु पहिलो रुची हुने गरेको छ । तर, अमेरिका अध्ययन गर्न जान शैक्षिक र आर्थिक रुपमा ‘सक्षम’ व्यक्ति हुनुपर्दछ ।

शैक्षिक अध्ययनका लागि अमेरिका जान चाहने विद्यार्थीले अंग्रेजी भाषाको दक्षमता मापन गर्ने टोफेल, जीआइई, जीम्याट, स्याट र आईएलटीएसको परिक्षामा राम्रो अंक प्राप्त गरेको हुनुपर्छ । त्यसपछि शिक्षा मन्त्रालयबाट विदेश पढ्न जाने सिफारीस पत्रसंगै विद्यार्थी भर्ना गर्ने अमेरिकी शैक्षिक संस्थाको स्वीकृतीपत्रपछि मात्र भिसा आवेदन भर्नुपर्दछ ।

अमेरिकामा कलेजपिच्छे आवेदन प्रक्रिया फरक र भर्ना लिने आफ्नै मापदण्ड रहेकाले उनीहरुले विद्यार्थीलाई सिफारिसपत्र कहिले पठाउँछन् भन्ने निश्चित हुँदैन । कुनै कलेजले तुरुन्तै पठाउने भएपनि कुनैमा भने समय लाग्न सक्छ ।

शैक्षिक संस्थाबाट अफर लेटर आएपछि तपाईंले एफवान भिसाको फर्म भर्ने, कलेजको फी तिर्ने र अन्तर्वार्ताका लागि जानुपर्दछ । अमेरिका अध्ययन गर्न जानेले एफ वान भिसा भर्नुपर्दछ । अनौपचारिक अध्ययनका लागि जानेका लागि एम वान भिसा प्रदान गरिन्छ ।

अमेरिकाको शैक्षिक प्रतिष्ठान (युसेफ) मा रहेको एजुकेशन युएसए कार्यालयले प्रत्येक साता एक दिन अमेरिकामा अध्ययनका बिषयमा निशुल्क शैक्षिक परामर्श दिने गर्दछ । कुनै पनि विद्यार्थीको आवश्यक जिज्ञासाको जवाफ दूतावासले निशुल्क दिन्छ र आवश्यक बिषयहरु दूतावासको वेभसाइटमा समेत राखिएको हुन्छ । अत्यन्तै मेधावी विद्यार्थीहरुका लागि अमेरिकी शैक्षिक संस्थाहरुले छात्रावृत्ति पनि उपलब्ध गराउँछन् ।

अन्तवार्ताका लागि जाँदा विद्यार्थीले अमेरिकी शैक्षिक संस्थाबाट प्राप्त सिफारिसपत्र, आफ्नो ट्रान्सक्रिप्ट, आवश्यक अन्तर्राष्ट्रिय परीक्षाको प्रमाणपत्र, आर्थिक अवस्थाको प्रमाणपत्र साथमा लैजानुपर्दछ । अन्तर्वार्ता निकै छोटो हुने हुँदा संक्षेपमा जवाफ दिनुपर्दछ । अमेरिकामा किन पढ्न चाहनुहुन्छ ? कुन विषय पढ्न जाँदै हुनुहुन्छ ? किन तपाईंले सो बिषयमा रुची राख्नुभयो ? तपाईको अध्ययन खर्च कस्ले र कसरी बेहोर्नुहुन्छ ? अध्ययन पूरा भएपछि तपाई के गर्नुहुन्छ आदी प्रश्नहरु सोधिन्छन् ।

भिसा प्राप्त गरिसकेपछि पनि विद्यार्थी नियमित रुपमा पढ्न नगए भिसा रद्द हुन सक्छ । विद्यार्थी भिसा लिएको व्यक्ति शैक्षिक संस्थामा ५ महिनाभन्दा लामो समय सम्पर्कमा नगएमा वा पढाइ छाडेमा शैक्षिक भिसा रद्द हुन्छ । अध्ययन पुरा नगरी विद्यार्थी फर्केमा वा अन्य गतिविधि भएमा भबिष्यमा समेत अमेरिका अध्ययनका लागि आउन वा अन्य खालका प्रतिबन्ध लगाइन्छ ।

अध्ययनकै क्रममा बाहेक पाँच महिनाभन्दा लामो समय विदेश रहेर पुन अमेरिका फर्कने विद्यार्थीको भिसाको म्याद रहेपनि अध्यागमन अधिकारीले अस्विकृत गरी डिपोर्ट गरिदिन सक्छन् । लामो समय अध्ययनकै क्रममा बाहिर रहेपनि उद्देश्य खुल्ले गरी शैक्षिक संस्थाको पत्र विद्यार्थीले बोक्नुपर्दछ ।

अमेरिकी कानूनले सरकारी लगानी रहेका या सरकारी खर्च हुने सामुदायिक विद्यालयहरुमा विदेशी विद्यार्थी भर्ना गर्न दिँदैन । पढ्न जाने विद्यार्थीप्रति आश्रित श्रीमान÷श्रीमती पनि जान अमेरिका पाउँछन् । जसका लागि एफ वा एम भिसा प्रदान गरिन्छ । एक वर्षभित्र जम्मा ६ महिनामात्र बस्नेले भने पर्यटन भिसा (बी वान)मै पनि पनि जान सकिन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ४ : ५८ बजे

गगनलाई सभापति स्वीकार्दै शेखर, शशांक र धनराजसहितले छोडे देउवा समूह

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतबाट अन्तिम फैसला आएसँगै तत्कालीन

हुम्ला र कालीकोटबाट दुई सुत्केरीको हवाई उद्धार

हुम्ला– हुम्ला र कालीकोटबाट दुई जना सुत्केरीको हवाई उद्धार गरी

आइतबार पनि काठमाडौंका चोकमा सवारी चाप (तस्बिरहरू) 

काठमाडौं – इन्धन खपत घटाउने उद्देश्यले सरकारले शनिबारसँगै आइतबार पनि

वीरगञ्जमा अतिक्रमित संरचना भत्काउन सुरु

वीरगन्ज– सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि वीरगञ्जमा मुख्य सडक

अमेरिकी सेनामा ठूलो क्षतिको डरले खार्ग टापुमा अपरेसनबाट पछि हटे ट्रम्प

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको खार्ग टापुमा प्रस्तावित सैन्य