भेनेजुएलाको विषयलाई लिएर अमेरिकासँग द्विपक्षीय वार्ता गर्न रुस तयार « Khabarhub

भेनेजुएलाको विषयलाई लिएर अमेरिकासँग द्विपक्षीय वार्ता गर्न रुस तयार


१९ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भेनेजुएलामा जारी राजनीतिक संकटका विषयमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसले जनाएको छ । रोल…
रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँगको टेलिफोन वार्ताका क्रममा रुस भेनेजुएलाका विषयमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न तयार रहेको जनाएका हुन् ।

रुसको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भेनेजुएलाको भविष्य निर्धारण गर्ने जिम्मा भेनेजुएलाका जनताको हातमा मात्रै रहेको रुसी विदेश मन्त्रालयको भनाइ छ । भेनेजुएलामा जारी राजनीतिक संकटका विषयमा अमेरिकाले रुससमक्ष द्विपक्षीय वार्ता गर्ने प्रस्ताव गरेको भन्दै रुसी विदेशमन्त्रालयले अमेरिकाको प्रस्ताव स्वीकार्य रहेको र भेनेजुएलाको विषयमा अमेरिकासँग द्विपक्षीय वार्ता गर्न रुस तयार रहेको जनाइएको छ ।

गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेयता भेनेजुएलाको विषयलाई लिएर रुस र अमेरिका दुई फरक कित्तामा उभिएका छन् । अमेरिकाले हुआँ गुआइदोलाई भेनेजुएलाको आधिकारिक राष्ट्रपतिको मान्यता दिएको छ भने रुसले निकोलस मादुरोलाई नै राष्ट्रपतिको मान्यता दिएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७५, आइतबार  ४ : ५६ बजे

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार