अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते « Khabarhub

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते


१२ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी सात जनाको मृत्यु भएको छ भने ९० भन्दा बढी घाइते भएका छन् ।

प्रान्तीय संस्कृति तथा सूचना निर्देशक सामी उल हक बयानका अनुसार विद्यालय नजिकै रहेको विस्फोटक पदार्थ भण्डारण केन्द्रमा भएको विस्फोट विद्यालयसम्म फैलिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

उक्त केन्द्र खानी कम्पनीका विस्फोटक पदार्थ भण्डारण गर्न प्रयोग हुँदै आएको थियो । भण्डारण केन्द्रमा भएको लापरबाहीका कारण विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको उनले बताए। घटनाबारे अनुसन्धान भइरहेको छ ।

घाइतेमध्ये १५ जनासम्म अस्पतालमा उपचाररत रहेको र अन्य उपचारपछि घर फर्किएको बयानले जानकारी दिए ।

यसअघि कुनार प्रान्तीय प्रहरी मुख्यालयका प्रवक्ता फरीद देहकानले असदाबादको बाहिरी क्षेत्रमा पर्ने अन्दर सेरस्थित विद्यालयमा बिहान १० बजे विस्फोट भएको बताएका छन् ।

यसअघि गत अगस्टमा अफगानिस्तानको राजधानी काबुलस्थित एक विद्यालय परिसरमा भएको हातेबम आक्रमणमा नौदेखि १४ वर्ष उमेर समूहका ४० भन्दा बढी बालबालिका घाइते भएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०८३, शनिबार  ५ : १९ बजे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी

बेलायतमा सवारीसाधन उत्पादन ४ प्रतिशतले बढ्यो

एजेन्सी- बेलायतमा सवारीसाधन उत्पादन गत वर्षको अक्टोबरको तुलनामा यस वर्षको सोही

भिक्टोरिया निर्वाचनमा कन्जरभेटिभको जितको सम्भावना

काठमाडौँ- अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले

झारफुकको भाइरल भिडियो प्रकरण : जुम्लामा एक जना पक्राउ

काठमाडौं- झारफुक गर्ने भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियो प्रकरणमा