विषालु च्याउले ज्यानै लिनसक्छ, सचेत रहनुस् ! « Khabarhub

विषालु च्याउले ज्यानै लिनसक्छ, सचेत रहनुस् !


२० फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–च्याउ एकप्रकारको ढुसीजन्य वनस्पती हो । यसको धागो जस्तो आकारको अवस्थालाई माइसेलियम भनिन्छ । यही धागो जस्तो ढुसीबाट च्याउ आकारको ठूलो फ्रुटिङ्ग बडी निस्कन्छ । च्याउमा हाम्रो शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्वहरु प्रशस्त मात्रामा पाइन्छ ।

च्याउमा प्रोटिन, भिटामिन ए, बी, सी तथा क्याल्सियम, फोस्फोरस जस्ता खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छन् । त्यसैले च्याउलाई एक पौष्टिक स्वास्थ्यवर्द्धक परिकारको रुपमा लिने गरिन्छ ।

प्रकृतिमा अनेकौँ जातका च्याउहरु जंगलमा त्यत्तिकै उम्रिरहेका हुन्छन् । जंगलबाट टिपेर ल्याएरको च्याउ बजारमा बेचबिखन गर्ने चलन पनि छ । आजभोलि कृत्रिम रुपमा व्यवसायीक च्याउ खेती गर्ने किसानहरु पनि बढेका छन् ।

जंगलमा उम्रने सबै च्याउहरु खानायोग्य हुदैनन् । जंगलमा पाइने च्याउ विषाक्त पनि हुन्छन् । विषाक्ता च्याउ पकाउँदा पनि त्यसमा भएकोे विष नष्ट हुदैँन ।

जंगलमा पाइने च्याउहरु हेरेरै खान विषाक्ता छ वा छैन छुट्याउन पनि सकिदैन । त्यसैले पनि नेपालमा विषाक्ता च्याउ खाएर मानिसले अकालमा ज्यान गुमाएका खबरहरु समेत आइरहन्छ ।

विषालु च्याउको यस्ता छन् असर

विषालु च्याउ खाएमा पेट बाउँडिने समस्या आउँछ ।

बान्ता आउछ ।

पखाला लाग्छ ।

सिकिस्त अवस्थामा कलेजो र मृगौलाले काम नगर्ने हुन्छ ।

विषाक्त च्याउने बिरामीको मृत्यु समेत हुन सक्छ ।

कसरी बच्ने ?
विषाक्त च्याउबाट हुने जोखिमबाट बच्न च्याउको राम्रोसँग पहिचान गरेर मात्र खानुपर्छ । तर च्याउमा विषालु पदार्थ छ वा छैन भनेर पहिचान गर्न निकै कठिन छ । त्यसैले विषाक्त च्याउबाट बच्ने एकमात्र उपाय भनेको जंगलको च्याउ भन्दापनि घरेलु रुपमा उत्पादन गरिएका च्याउ खानुपर्छ ।

विषालु च्याउ खाएर बिरामी परिहाले के गर्ने ?

विषालु च्याउमा हुने विष हटाउने औषधि विज्ञानले पत्ता लगाइसकेको छैन । त्यसैले विषाक्त च्याउको विषको असर शरीरमा फैलिन नदिनु नै उपचारको सही तरिका हो ।

विषाक्त च्याउ खाएर बिरामी परिहालेमा होशमा भएको बिरामीलाई विषको मात्रा निकाल्न बान्ता गराउनु पर्छ । यस्तै विषाक्त च्याउ खाएर वेहोस भएका बिरामीलाई कृत्रिम श्वासप्रश्वास गराएर प्राथमिक उपचार गर्न सकिन्छ । प्राथमिक उपचारबाट बिरामीको अवस्था सुधार नभएमा सकेसम्म छिटो अस्पताल नै लैजानुपर्छ ।

विषालु च्याउबारे केही भ्रमहरु

विषालु च्याउ चम्किला हुन्छन् ।

विषालु च्याउले चाँदीलाई कालो बनाउँछ ।

विषालु च्याऊलाई चामलसँग उमाल्दा रातो हुन्छ ।

विषालु च्याउ पकाउँदा, अचार बनाउँदा विष हराउँछ ।

विषालु च्याउ चुच्चा, छतरी आकारका हुन्छन्, खान हुने च्याउ चेप्टा हुन्छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७५, सोमबार  ८ : ४८ बजे

सिजीले हार्यो केवाइसीको मुद्दा, नयाँ विक्रेतालाई आयात र विक्रीको बाटो खुल्यो

काठमाडौं – उच्च अदालत पाटनले सिजी मोटर्स प्रालिद्वारा दायर रिट

एनपीएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौं – लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर

मुआब्जा दिएर मात्र सडक विस्तार गर्नुपर्नेमा अध्यक्ष थापाको जोड

बागमती– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)नेपालका अध्यक्ष कमल थापाले नियमानुसार मुआब्जा

आजका समाचार : कुलमानमाथि खनिए जेन-जी, एमालेको रिटमा सर्वोच्चले कारण सोध्यो, मधेशमा सरकार गठनको आह्वान र लुम्बिनीसँग विराटनगर पराजित

प्रधानमन्त्रीको टिप्पणी : अख्तियारले रफ्तार बढायो, ठूला भ्रष्टाचारमा शक्तिशालीहरू समातिन

श्रम संस्कृति पार्टी कुनै पनि दलसँग गठबन्धन गर्दैन : अध्यक्ष साम्पाङ

धरान– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज