पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर « Khabarhub

पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ ।

जसमा पुँजीगततर्फ सात दशमलव ७९ र चालूतर्फ दुई दशमलव ५२ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । मङ्गलबार मन्त्रालयको पहिलो चौमासिक प्रगति समीक्षा कार्यक्रममा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको जनाइएको हो ।

सरकारले बजेट निर्धारित समयभित्रै खर्च गर्न पटकपटक सबै मन्त्रालयलाई निर्देशन गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भने पहिलो चौमासिक सन्तोषजनक नभएको पाइएको छ । यस वर्ष मन्त्रालयको कुल ३१ अर्ब ८२ करोड ४२ लाख रुपियाँ रकम विनियोजित भएकोमा प्रथम चौमासिकमा एक अर्ब ३३ करोड तीन लाख रुपियाँ खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संविधानको मर्म सरकारको नीति, कार्यक्रम र योजनाअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री त्रिपाठीले यसै महिनाभित्र मन्त्रालय अन्तर्गतका कार्यालयको योजना, कार्यक्रम र खर्चको अवस्थाका बारेमा विस्तृत रूपमा छलफल गरी सुधार गर्दै जाने भन्दै निर्धारित समयसीमाभित्रै काम गर्न सबै कर्मचारीलाई आग्रह गरे ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले तोकिएको काम तोकिएकै समयमा गर्न सबै मातहतका कर्मचारीलाई निर्देशन दिँदै सरकारको लक्ष्य हासिल गर्न तोकिएको काम तोकिएकै समयमा गर्नुपर्ने बताए ।

मन्त्रालयको बेरुजु रकम १४ अर्ब ७१ करोड ७४ लाख ५३ हजार रहेकोमा चालू वर्षमा एक अर्ब १७ करोड ७३ लाख ९६ हजार रुपियाँ फरफारक भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रथम चौमासिकमा पाँचवटा कानुन निर्माण गरी सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिएको मन्त्रालयका सहसचिव केदार पनेरूले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ०१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी