पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर « Khabarhub

पहिलो चौमासिकमा वित्तीय प्रगति कमजोर


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको चालू आर्थिक वर्षको पहिलो चौमासिकमा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको छ ।

जसमा पुँजीगततर्फ सात दशमलव ७९ र चालूतर्फ दुई दशमलव ५२ प्रतिशत बजेट खर्च भएको जनाइएको छ । मङ्गलबार मन्त्रालयको पहिलो चौमासिक प्रगति समीक्षा कार्यक्रममा चार दशमलव १८ प्रतिशत मात्र वित्तीय प्रगति भएको जनाइएको हो ।

सरकारले बजेट निर्धारित समयभित्रै खर्च गर्न पटकपटक सबै मन्त्रालयलाई निर्देशन गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भने पहिलो चौमासिक सन्तोषजनक नभएको पाइएको छ । यस वर्ष मन्त्रालयको कुल ३१ अर्ब ८२ करोड ४२ लाख रुपियाँ रकम विनियोजित भएकोमा प्रथम चौमासिकमा एक अर्ब ३३ करोड तीन लाख रुपियाँ खर्च भएको मन्त्रालयले सार्वजनिक गरेको छ ।

कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले संविधानको मर्म सरकारको नीति, कार्यक्रम र योजनाअनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री त्रिपाठीले यसै महिनाभित्र मन्त्रालय अन्तर्गतका कार्यालयको योजना, कार्यक्रम र खर्चको अवस्थाका बारेमा विस्तृत रूपमा छलफल गरी सुधार गर्दै जाने भन्दै निर्धारित समयसीमाभित्रै काम गर्न सबै कर्मचारीलाई आग्रह गरे ।

मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले तोकिएको काम तोकिएकै समयमा गर्न सबै मातहतका कर्मचारीलाई निर्देशन दिँदै सरकारको लक्ष्य हासिल गर्न तोकिएको काम तोकिएकै समयमा गर्नुपर्ने बताए ।

मन्त्रालयको बेरुजु रकम १४ अर्ब ७१ करोड ७४ लाख ५३ हजार रहेकोमा चालू वर्षमा एक अर्ब १७ करोड ७३ लाख ९६ हजार रुपियाँ फरफारक भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले प्रथम चौमासिकमा पाँचवटा कानुन निर्माण गरी सङ्घीयता कार्यान्वयनमा सहजीकरण गरिएको मन्त्रालयका सहसचिव केदार पनेरूले बताए ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ९ : ०१ बजे

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा