समयमै पुस्तक नआउँदा समस्या दृष्टिविहीनलाई समस्या « Khabarhub

समयमै पुस्तक नआउँदा समस्या दृष्टिविहीनलाई समस्या


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सामान्य विद्यार्थीहरुको पुस्तक वैशाखमै आइपुग्छन् तर फरक क्षमता भएका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक आउन ढिलाइ हुन्छ ।

पुस्तक आउन ढिलाइ हुँदा पठनपाठनमा समस्या हुने गरेको तुलसीपुरको गुरुजजुर माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रामप्रसाद विकले बताए ।

‘अन्य सामान्य विद्यार्थीको पुस्तक समयमै आउँछ’, उनले भने, ‘तर हामी दृष्टिविहीनका लागि पुस्तक ढिला आउँछ ।’ यसरी पुस्तक आउन ढिलो हुँदा आफ्नो पढाइ ढिला हुने गरेको उनले बताए ।

किताब नआउँदा त्यतिकै विद्यालय जाने र शिक्षकले भनेको सुन्ने मात्रै हुने तर घरमा गएर पढ्ने अवस्था नहुने विद्यार्थीको भनाइ छ । दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले समयमै पुस्तक नआउँदा पढाउनसमेत समस्या हुने गरेको बताए ।

‘दृष्टिविहीन विद्यार्थीका पुस्तक समयमै नआउँदा पठनपाठनमा समस्या हुने गरेको छ’, उनले भने । खड्काका अनुसार दृष्टिविहीनका पुस्तक भदौ/असोजतिर मात्रै आउने हुँदा दृष्टिविहीनको कक्षा धेरै पछाडि हुने गरेको छ ।

त्यस्तै कक्षा १० भन्दा माथिका दृष्टिविहीन विद्यार्थीका लागि पुस्तक नछापिने हुँदा समस्या हुने गरेकोसमेत उनले बताए । ‘१० कक्षाभन्दा माथिका विद्यार्थीका लागि पुस्तक छापिँदैनन्’, उनले भने, ‘त्यसले गर्दा पठनपाठनमा समस्या हुने गरेको छ ।’

विद्यार्थीले शिक्षकले पढाएको सुनेको आधारमा तथा अडियो सामग्रीका आधारमा पढ्ने गरेका छन्, त्यो पढाउँदासम्म मात्रै बुझ्ने र पछि फेरि दोहोर्‍याएर पढाइ नहुने हुँदा बिर्सिने समस्या हुने गरेको उनले बताए ।

साथै दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपिमा प्रश्नपत्र तयार हुनुपर्ने दृष्टिविहीन शिक्षक कुशल तामाङले बताए । तुलसीपुरमा ३० र लमहीमा १० भन्दा बढी दृष्टिविहीन विद्यार्थीलाई छात्रावास सञ्चालन गरेर अध्यापन गराइएको छ ।

तुलसीपुरमा तीन र लमहीमा एकजना दृष्टिविहीन शिक्षक कार्यरत छन् । साथै दृष्टिविहीनका लागि सरकारले समयमै बजेट पनि उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ०३ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको