युनेस्कोले प्रदेश दुईलाई विभेद गरेको नेता साहको आरोप « Khabarhub

युनेस्कोले प्रदेश दुईलाई विभेद गरेको नेता साहको आरोप


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ–विश्व सम्पदाका लाागि नेपालबाट युनेस्कोले तयार पारेको १० वटा सूचीमा प्रदेश नम्बर २ बाट एउटा पनि नपर्नु दुर्भाग्यपूर्ण भएको भन्दै नेकपा नेता प्रभु साहले आपत्ति जनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले प्रदेशमा ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्वका थुप्रै सम्पदाहरु हुँदाहुँदै युनेस्कोले कुनै एकलाई पनि अन्तर्राष्ट्रिय मान्यता नदिनु विभेद भएको बताएका हुन् ।

साथै उनले बाराको गढीमाई र जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न माग गरेका छन् । प्रत्येक पाँच वर्षको अन्तरालमा लाग्ने विश्वकै ध्यान केन्द्रित गर्ने र लाखौं तिर्थालु एवम पर्यटकको आगमन हुने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गराउन पहल गर्न सरकारसंग माग गरेका छन् ।

“हाम्रो प्रदेशमा गढीमाई, सिम्रौनगढ, जानकी मन्दिरलगायत धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहरहरु छन् । प्रदेश नम्बर २ हरेक हिसाबले सम्पन्न छ । चाहे धार्मिक रुपमा होस चाहे सांस्कृतिक रुपमा होस या चाहे ऐतिहासिक धरोहरहरुको उपलब्धता होस् । त्यती हुँदाहुँदै पनि कुनै वास्ता नगरिनु युनेस्कोको विभेदकारी काम हो । त्यसैले म आग्रह गर्न चाहन्छु कि कम्तिमा गढीमाई र जानकी मन्दिरलाई विश्व सम्पदामा समेटियोस ।” अध्यक्ष साहले भने ।

अध्यक्ष साहले थपे, “गढीमाईको पौराणिक इतिहास त छदैछ साथसाथै विश्वकै ध्यान केन्द्रित गर्ने महामेला पनि लाग्ने गर्दछ । विशेष ऐतिहासिक भुमी सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने गढीमाईलाई विश्वसम्पदाको रुपमा स्थापित गर्न सके यसले मधेशको गौरव बढाउनेछ । त्यसैले सरकार र युनेस्कोले यसमा पहल गरिदिन अनुरोध गर्दछु ।”

हाल नेपालका १० वटा सम्पदा युनेस्कोले सुचीकृत गरेको छ जसमध्ये प्रदेश नम्बर २ मा एउटा पनि परेको छैन ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १ : २६ बजे

निर्वाचन आयोगमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध उजुरी आह्वान

काठमाडौँ– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र

१०८ धाराले आकर्षक बन्दै सुनसरीको रामधुनी मन्दिर

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका- ४ स्थित ऐतिहासिक तथा धार्मिक महत्व

कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा, सुकुमवासीको बिजोग (तस्बिरहरू)

कीर्तिपुर– अविरल वर्षापछि बागमती नदीको बहाव बढ्दा काठमाडौँको कीर्तिपुर नगरपालिका–१०

चितवनमा मोबाइल नेटवर्क विस्तार

चितवन– नेपाल टेलिकमले चितवनका विभिन्न क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवाको

गर्मी छल्न रिगताल क्षेत्रमा पर्यटक बढ्दै

बागलुङ– हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ