काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ « Khabarhub

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ


२२ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ नागरिकको भएको खुलेको छ। उनीहरूले त्यहाँ घर भाडामै लिएर सुनको कारोबार गर्ने गरेको प्रहरी उच्च स्रोतको दाबी छ। सुनसहित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

विभिन्न स्वरुपमा तस्करी गरेर ल्याएको सुन त्यहाँ पगाल्ने र विभिन्न आकारमा तयार गर्ने गरेको खुलेको छ। ‘अहिले पनि टोली त्यसैमा लागिरहेको छ। सबै काम सकिएको छैन। जम्मा सुन २१ किलो बढी र २२ किलो अलिक नपुग होला, टोलीले हेर्दैछ’, प्रहरी स्रोतले भन्यो।

त्यहाँ सुन रहेको सूचना पाएको प्रहरीले बिहीबार दिउँसोबाट अप्रेसन चलाएको हो। त्यसक्रममा केही ढिक्का र केही झोल अवस्थामा सुन बरामद गरेको छ।

तर उक्त सुन कहाँबाट ल्याइएको हो भन्ने खुलेको छैन। प्रसोधनपछि भारत लैजान लागिएको भन्ने सूचना प्राप्त भएको र अहिले पक्राउ परेका व्यक्तिहरुसँग सोधपुछ भइरहेको पनि प्रहरी स्रोतले जानकारी दिएको छ।

यसअघि चिनियाँ नागरिकले नै ब्रेकसुमा भित्र्याएको ६१ किलो सुन बरामद भएको थियो। उक्त अनुसन्धानमा त्यसअघि पनि यसैगरी ठूलो परिमाणमा सुन भित्र्याएको खुलेको थियो।

प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले यस विषयमा जानकारी दिन शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने भएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार  १० : २४ बजे

‘रामायण’ मा रावणको महिमामण्डन गरेको आरोप, निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं– फिल्म ‘रामायण’ मा भगवान् राम र रावणलाई प्रस्तुत गरिएको

चौरासी पूजाको खर्चबाट आश्रमलाई दुई लाख ६५ हजार सहयोग

नवलपुर– चौरासी पूजाको खर्चबाट एक महिलाले मानव सेवा आश्रमलाई सहयोग

वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि यूएईविरुद्ध भारतको भीमकाय जित

काठमाडौं- वैभव सूर्यवंशीले अनेकौँ कीर्तिमान बनाएपछि भारत ए ले एसिया

यूएईमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

एजेन्सी– संयुक्त अरब इमिरेट्स (यूएई) को रस अल खैमाह इमिरेटमा

भारतका वैभव सूर्यवंशीले यूएईविरुद्ध बनाए मात्र ५२ बलमा दोहोरो शतक

काठमाडौँ – भारत ‘ए’ का युवा ओपनर वैभव सूर्यवंशीले सबैभन्दा