एसियाका देशमा रोजगारीका नाममा मानव तस्करी बढ्दो « Khabarhub

एसियाका देशमा रोजगारीका नाममा मानव तस्करी बढ्दो


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत केही वर्षयता एसियाका विभिन्न देशबाट रोजगारीका नाममा मानव तस्करी बढीरहेको एक अध्ययनले देखेको छ ।

एसियाका देशमा ६२ प्रतिशत तस्करी हुनेगरेको मानव बेचविखन तथा ओसारपासरविरुद्ध सहकर्मी समूह नेपाल (एटवीन)ले गरेको एक अध्ययनले देखाएको छ । एटवीनको अध्ययनमा पछिल्लो समय रोजगारीको बाहानामा नेपाली महिला तस्कर गर्ने समूह सक्रिय रहेको जनाइएको छ ।

यसरी तस्करीमा संग्लन तस्करीलाई सरकारले कानूनी दायरामा ल्याएर कारवाही गर्ने नसक्दा समस्या जटिल बन्दै गएको अध्ययनमा भनिएको छ ।

सरकारले वैदेशिक रोजगारी र मानव तस्करीका मुद्दालाई फरक ढंगले कानूनी कारवाही गर्नुपर्ने एटवीन अध्यक्ष नातीसरा राईले बताएकी छिन् । रोजगारीका नाममा भएको मानव तस्कर र मानव तस्करीका घटना रोक्न सरकारले चासो नदिएको उनको आरोप छ ।

नेपालबाट ८६ प्रतिशत महिला रोजगारीका नाममा मानव तस्करी हुने गरेको अध्ययन रिपोर्टमा उल्ले गरिएको छ । यस्तै १४ प्रतिशत पुरुष रोजगारीका नाममा मानव तस्कको शिकार हुने गरेपनि उनीहरुले आफूहरु बेचवीखनमा परेको स्वीकार नगर्ने प्रतिवदेनमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीका नाममा तस्करीमा परेका महिला घरेलु र यौंन हिंसामा पर्ने गरेका छन् । यस्ता विषयमा कानून बनेपनि फित्तलो कार्यन्वयन हुँदा समस्या जटिल बन्दै गएको एटविनको अध्ययनमा भनिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  २ : ३३ बजे

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत