एसियाका देशमा रोजगारीका नाममा मानव तस्करी बढ्दो « Khabarhub

एसियाका देशमा रोजगारीका नाममा मानव तस्करी बढ्दो


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विगत केही वर्षयता एसियाका विभिन्न देशबाट रोजगारीका नाममा मानव तस्करी बढीरहेको एक अध्ययनले देखेको छ ।

एसियाका देशमा ६२ प्रतिशत तस्करी हुनेगरेको मानव बेचविखन तथा ओसारपासरविरुद्ध सहकर्मी समूह नेपाल (एटवीन)ले गरेको एक अध्ययनले देखाएको छ । एटवीनको अध्ययनमा पछिल्लो समय रोजगारीको बाहानामा नेपाली महिला तस्कर गर्ने समूह सक्रिय रहेको जनाइएको छ ।

यसरी तस्करीमा संग्लन तस्करीलाई सरकारले कानूनी दायरामा ल्याएर कारवाही गर्ने नसक्दा समस्या जटिल बन्दै गएको अध्ययनमा भनिएको छ ।

सरकारले वैदेशिक रोजगारी र मानव तस्करीका मुद्दालाई फरक ढंगले कानूनी कारवाही गर्नुपर्ने एटवीन अध्यक्ष नातीसरा राईले बताएकी छिन् । रोजगारीका नाममा भएको मानव तस्कर र मानव तस्करीका घटना रोक्न सरकारले चासो नदिएको उनको आरोप छ ।

नेपालबाट ८६ प्रतिशत महिला रोजगारीका नाममा मानव तस्करी हुने गरेको अध्ययन रिपोर्टमा उल्ले गरिएको छ । यस्तै १४ प्रतिशत पुरुष रोजगारीका नाममा मानव तस्कको शिकार हुने गरेपनि उनीहरुले आफूहरु बेचवीखनमा परेको स्वीकार नगर्ने प्रतिवदेनमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारीका नाममा तस्करीमा परेका महिला घरेलु र यौंन हिंसामा पर्ने गरेका छन् । यस्ता विषयमा कानून बनेपनि फित्तलो कार्यन्वयन हुँदा समस्या जटिल बन्दै गएको एटविनको अध्ययनमा भनिएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  २ : ३३ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा