न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते « Khabarhub

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा दुई पाइलटको मृत्यु भएको छ । दुर्घटनामा अन्य ४१ जना घाइते भएका छन् ।

क्यानडाको मन्ट्रियलबाट न्युयोर्कका लागि उडेको ‘एसी ८६४६’ उडान नम्बरको जहाज अवतरणका क्रममा धावनमार्गमा रहेको दमकलसँग ठोक्किएको हो । प्रत्यक्षदर्शीका अनुसार ठक्कर यति शक्तिशाली थियो कि जहाज बीचबाटै दुई टुक्रा भएको देखिएको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले घटनाको उच्चस्तरीय अनुसन्धान सुरु गरेको छ । अमेरिकी यातायात सचिव सिन डफीले सिट बेल्टकै कारण धेरै यात्रुको ज्यान जोगिएको बताएका छन् । दुर्घटनापछि लागार्डिया विमानस्थलबाट हुने सबै उडानहरू स्थगित गरिएका थिए ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ६ : ०५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम