चिसोमा ओठा फुट्ने समस्याले पीडित हुनुहुन्छ ? यसो गर्नुहोस् « Khabarhub

चिसोमा ओठा फुट्ने समस्याले पीडित हुनुहुन्छ ? यसो गर्नुहोस्


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चिसो मौसम शुरु भइसकेको छ । हाम्रो शरीरले न्यायो खोज्न थालिसकेको छ । जाडो मौसममा छाला सुख्खा हुने गर्छ । जसले गर्दा छाला फुट्ने समस्या हुन्छ ।

छाला मात्र होइन चिसोका कारण ओठ पनि सुख्खा हुने र फुट्ने गर्छ । ओठलाई मानिसको सौन्दर्यको प्रतिकको रुपमा पनि लिइन्छ । त्यसैले ओठ फुट्ने समस्याले सबैलाई तनाव दिन्छ ।

ओठ सुख्खा भएर फुट्दा खानेकुराहरु खाँदा पोल्ने गर्छ । त्यतिमात्र होइन धेरै सुख्खा भएर ओठ फुटेमा हाँस्दा समेत दुख्ने र रगत बग्ने सम्भावना पनि हुन्छ ।

बाहिरको मौसम बढी चिसो हुँदा ओठमा रहेको ग्रन्थिहरुले कम तेल निकान्छ र फुट्न थाल्छ ।

ओठ फुट्न नदिने के गर्ने ?

हाम्रो शरीर र स्वास्थ्यलाई सामान्य तरिकाले ख्याल गर्दा पनि ओठ फुट्ने समस्याबाट छुटकरा पाउन सकिन्छ ।

ओठ फुट्न नदिन घरेलु विधिहरु पनि अपनाउन सकिन्छ । ओठ फुट्न नदिन चिसो वातावरणमा जानुअघि ओठमा चिल्लो पदार्थ वा लिप गार्डको प्रयोग गर्नुपर्छ ।

ओठ फुट्ने समस्या भएका व्यक्तिहरुले ओठलाई चलाउने, जिब्रोले चाट्ने गर्छन् । यस्तो बानीले ओठ झनै सुख्खा भएर फुट्ने गर्छ । त्यसैले ओठलाई जिब्रोले चलाउने बानी गर्नु हुँदैन ।

मह, घीउ, नरिवलको तेल, दूधको तर आदि हलुका तरिकाले ओठमा लगाउदा पनि ओठ फुट्ने समस्या कम हुन्छ ।

चिसो मौसममा मानिसहरु पानी पिउन पनि अल्छि गर्छन् । ओठ तथा शरीरको छाला फुट्ने समस्या पानीको कमिले पनि हुन्छ । त्यसैले अल्छिपना हटाएर नियमित रुपमा प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  १० : ५८ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको