यात्रु लिएर मेलम्ची गइरहेको हेलम्बु यातायातको गाडीमा एक्कासी आगो लागेपछि … « Khabarhub

यात्रु लिएर मेलम्ची गइरहेको हेलम्बु यातायातको गाडीमा एक्कासी आगो लागेपछि …


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको यात्रु बसमा एक्कासी आगलागी भएको छ ।

काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको बा २ ख ५७६९ नम्बरको हेलम्बु यातायाता प्रालीको यात्रुबसमा आगलागी भएको हो ।

काठमाडौंबाट मेलम्ची तर्फ गइरहेको उक्त बसमा बुधबार अपराह्न ४ बजेतिर आगलागी भएको थियो ।

मेलम्ची नगरपालिका वडा नम्बर १२ स्थिति बाहुनेपाटी मेलम्ची सडकको ढकालखहरे सडक खण्डमा गुडिरहेको अवस्थामा गाडीमा आगोको मुस्लो निस्किएको थियो ।

गाडीको अगाडीको भागबाट एक्कासी आगोका लप्का निस्किएपछि गाडी रोकेर यात्रुहरुलाई बाहिर निकालिएको थियो । यात्रुहरु गाडीबाट ओर्लिएपछि बस चालक, सहचालक, यात्रु र ढकालखहरेका स्थानीयले गाडीमा लागेको आगो निभएका थिए ।

‘नजिकै पानीको व्यवस्था भएका कारण गाडीमा लागेको आगो तत्काल निभाउन सकियो’ प्रत्यक्षदर्शी सानुमैया नेपालले भनिन्,‘पानी नभएको ठाउँमा भने बस पूरै जल्थ्यो ।’

आगलागीका कारण गाडीको अगाडिको भाग जलेको छ । यात्रुहरुलाई समयमै उद्धार गरिएका कुनै मानवीय क्षति भने हुन पाएन ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ५ : ३० बजे

कुलमान भन्छन् : चिलिमे विद्युत्गृहको मुख्य पहुँच सुरुङ नै अवरुद्ध हुँदा उद्धारकार्य कठिन बन्यो

काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत् आयोजनाका पूर्वप्रमुख

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी