सागको पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीच १–१ को बराबरी « Khabarhub

सागको पुरुष फुटबलमा नेपाल र श्रीलंकाबीच १–१ को बराबरी


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल र श्रीलंकाले १–१ गोलको बराबरी खेलेका छन् ।

पहिलो हाफमा नै पेनाल्टी मार्फत गोल गरेर नेपालले अग्रता लिएपछि खेलको अतिरिक्त समयमा आएर श्रीलंकाले गोल फर्काउँदा खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

खेलको ३५ औं मिनेटमा नेपालका अनन्त तामाङलाई श्रीलंकाका खेलाडीले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

उक्त पेनाल्टी प्रहार गर्न आएका कप्तान सुजल श्रेष्ठ विपक्षी टोलीका गोलकिपरलाई छकाउँदै गोल गर्न सफल भएका थिए ।

खेलको ९० औं मिनेटको समयसम्म नेपाल १–० ले अगाडि रहेपनि थपिएको ४ मिनेटको समयमा श्रीलंकाका  एमएस जुद सुवमनले गोल फर्काए ।

१–१ गोलको बराबरीसँगै बुधबारको खेलबाट दुवै टोलीले समान १–१ अंक बाँडेका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ७ : ०५ बजे

तीन लाख पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी – सन् २०२५ दुई लाख ९९ हजार आठ सय

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर–  शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा १४ करोड १० लाखको लागतमा

अक्षरभित्र ब्रह्माण्डको ऐना

मनप्रसाद सुब्बा भारतीय-नेपाली साहित्यका एक प्रख्यात कवि, लेखक, र सामाजिक