तारा एयर र नेपाल एयरलाइन्स विश्वकै ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा « Khabarhub

तारा एयर र नेपाल एयरलाइन्स विश्वकै ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा


१८ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको तारा एयरलाइन्स विश्वका सबैभन्दा ‘खतरायुक्त’ एयरलाइन्सको सूचीमा परेका छन् ।

एयरलाइनरेटिङडट्कमको रिपोर्टलाई अधार बनाएर फोर्ब्स पत्रिकाको अनलाइन संस्करणमा लेखिएको समाचारमा नेपाल एयरलाइन्स र तारा एयरलाई विश्वकै सबैभन्दा खतरायुक्त एयरलाईन्सको सूचीमा राखिएको हो ।

नेपाल एयरलाइन्सबारे लेख्दै फोर्ब्सले भनेको छ– यसको सेफ्टी (सुरक्षा) रेकर्डहरु अपेक्षा गरिएभन्दा धेरै नराम्रो छ । सुरक्षाका दृष्टिकोणले नेपाल एयरलाइन्सले एउटा मात्रै ‘स्टार’ पाएको छ । नेपाल एयरलाइन्सलाई युरोप उडानमा प्रतिबन्ध लगाइएको छ ।

यद्यपि नेपाल एयरलाइन्सले पछिल्ला २० वर्षमा एयरलाइन्स सेफ्टी रेकर्डमा उल्लेख्य मात्रामा सुधार गरेको पनि फोर्ब्सले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

नेपालकै अर्को विमान कम्पनी तारा एयरको बारेमा उल्लेख गर्दै फोर्ब्सले लेखेको छ– एयरलाइन्स सुरक्षा रिपोर्टका आधारमा तारा एयरले ७ मध्ये एउटा मात्रै ‘स्टार’ पाएको छ । यसका ८ वटा एयरक्राफ्ट (विमानहरु)ले नेपालको खतरानाक उच्च पहाडी क्षेत्रमा उडान भर्छन् । २०१० र २०११ मा भएका दुर्घटनाका कारण यो विमान कम्पनीले आफ्नो सुरक्षा रिपोर्टमा सुधार गर्न सकेको छैन ।

फोर्ब्सले नेपालको तारा एयरलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीहरुको सूचीमा पहिलो नम्बरमा राखेको छ भने नेपाल एयरलाई दोस्रो नम्बरमा राखेको छ ।

तारा र नेपाल एयरलाइन्सपछि एरियाना अफगान एयरलाइन्स, दक्षिण अमेरिकी राष्ट्र सुनामको ब्लु विङ्स एयरलाइन्स, अफगानिस्तानकै काम एयरलाइन्स, इन्डोनेसियाको ट्रिगाना एयर, कजाकिस्तानको एससीएटी एयरलाइन्सलाई सबैभन्दा खतरायुक्त विमान कम्पनीको सूचीमा राखेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७६, बुधबार  ८ : ३६ बजे

विचार र उद्देश्यप्रतिको आजीवन निष्ठा नै क्रान्तिकारीको पहिचान : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा