कछुवा आकारको औंठी लगाउँदा फाइदै-फाइदा « Khabarhub

कछुवा आकारको औंठी लगाउँदा फाइदै-फाइदा


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कछुवाको आकारमा बनेको अ‍ैठी लगाउने चलन पछिल्लो समय बढेको छ । तर यस अंगुठीको विशेषता के हो, यसको प्रभाव कस्तो पर्छ र यसलाई धारण गर्दाको समयमा कस्तो सावधानि अपनाउँनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

किन लगाइन्छ कछुवा आकारको औंठी

कछुवा भगवान विष्णुको अवतारको स्वरुप मानिन्छ । जसको सहयोगबाट समुद्र मन्थनबाट देवी लक्ष्मी प्रकट हुनुभएको थियो । वास्तुशास्त्रमा पनि यसको महत्व निकै छ । मान्यताहरुका अनुसार यो औंठीको प्रभावबाट यसलाई लगाउने व्यक्तिको जीवनमा सुखद् बदलाव आउँछ ।

जीवनमा शीतलता एवं सौम्यता

जसको व्यवहार उग्र हुन्छ कछुवा आकारको औंठीले उनीहरुको व्यवहारलाई सन्तुलित गरेर शान्त बनाउन मदत गर्छ । ज्योतिषका अनुसार कछुवा पानीमा बस्ने जीव भएका कारण यसको सम्बन्ध माता लक्ष्मीसँग हुन्छ किनकी दुबैको उत्पत्ति जलबाट भएको हो । साथ है जलको गुण शीतलता हो । यसकारण यसले व्यक्तिको उग्रता कम गर्न सहयोग गर्छ । कछुवा गम्भीर र अन्तरमुखी जीव हो यसको प्रभाव व्यक्तित्वमा पर्न जान्छ ।

धारण गर्नेसमयमा के ध्यान दिने ?

कछुवाको आकार भएको औंठी सधै चाँदीमा लगाउन पर्छ । यदी कुनै अन्य धातुमा लगाइयो भने आफ्नो राशि अनुसारको रत्न जोडेर लगाउनु पर्छ ।

कता फर्काउने ?

औंठी कतातर्फ फर्काउने भन्ने विषयले पनि यसको प्रभावका असर गर्छ । औंठीमा कछुवाको मुख आफ्नो तर्फ फर्काउन जरुरी छ । यसले धन तपाईंतर्फ आकर्षित हुनेछ । यदी तपाईंले औंठी लगाउँदा कछुवाको मुख बाहिरतर्फ फर्किए धन एकत्रित गर्न र धन वृद्धिमा बाधा उत्पन्न हुन जान्छ ।

ध्यान दिनुस्

तपाईले यो औंठी लगाउनु भन्दा पहिला यसको पुजा गर्न जरुरी छ । यो औंठीको पीठमा श्री लेखाउनुपर्छ ।

यो हो लगाउने विधी

कुनै पनि पूर्णिमाको दिन यो औंठी घर ल्याएर गाईको दूध, दही, गंगाजल, मह तथा तुलसीको पत्रलाई मिलाएर पञ्चामृत बनाउने । अब भगवान विष्णु तथा माता लक्ष्मीको सामुन्ने गाईको घ्यूबाट दियो बालेर ‘ओम भगवते कुर्मायै ह्रीं नमः’ मन्त्रले एक माला जप गर्नुहोस् ।

सबैले हुन्न लगाउन

ज्योतिषका अनुसार कर्कट, वृश्चिक तथा मीन राशिवाला मानिसलाई कछुवा आकारको औंठी लगाउन बर्जित गरिएको छ । यसो गर्दा यी राशी भएकालाई शुभ फल प्राप्त हुँदैन ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ८ : २९ बजे

रौतहटमा तीनवटा अस्थायी मतदान केन्द्र निर्धारण

रौतहट– फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रौतहटमा

पौवादुङमाबाट करसम्बन्धी सेवा प्रवाह

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाबाट अब करसम्बन्धी सेवा सञ्चालन हुने भएको

नवलपुरमा निर्वाचन तयारी पूरा

नवलपरासी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणना

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा फागुन २३ गतेदेखि बाघ गणनाको तयारी

नवलपरासीको गैँडाकोटमा एक युवती मृत फेला

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका– २ शान्तिनगरमा एक युवती