को थिए कार्ल मार्क्स ? « Khabarhub

को थिए कार्ल मार्क्स ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सन् १८१८ मा मोजाल नदीको किनारमा रहेको तत्कालीन प्रुसियाको ट्रायर शहरमा कार्ल हाइनराइख मार्क्सको जन्म भएको थियो । प्राथमिक शिक्षा ट्रायरमै पूरा गरेका मार्क्स १७ वर्षको उमेरमा बोन विश्वविद्यालयमा भर्ना भए । संक्षिप्त बोन बसाइपछि उनी बर्लिन पुगे र त्यहाँको विश्वविद्यालयमा कानून तथा दर्शन अध्ययन गरे । बर्लिनमा रहँदा उनी उग्र राजनीतिक विचारधारा भएका प्राध्यापक जर्ज विल्ह्याम फ्रेडराइख हेगेलबाट प्रभावित भए ।

योङ हेगेलियन्स नामक उग्र बामपन्थी समूहसंगको उनको आबद्धता त्यहीबाट शुरु भयो । बर्लिन बसाइपछि उनको राजनीतिक दर्शन सुरु भएको मानिन्छ । विश्वविद्यालयबाट दीक्षित भएसंगै उनी कोलोन्जमा रहेको राइनाइज जाइटुङ नामक पत्रिकामा संलग्न भए । पछि सन् १८४२ मा उनी सोहि पत्रिकाको सम्पादक बने । मार्क्स पत्रिकाको सम्पादक भएदेखि नै अत्याधिक उग्र बामपन्थी धार बोकेपछि त्यहाँको सरकारले सन् १८४३ मा पत्रिका नै बन्द गरी मार्क्सलाई देशनिकाला गरिदियो ।

देशनिकालामा पछि उनी त्यहाँबाट तत्कालिन समयमा उग्र बामपन्थी आन्दोलनको गढ फ्रान्सको पेरिस पुगे । पेरिसमा नै अर्का वामपन्थी विचारक फ्रेडरिख एङ्गेल्ससँग उनको भेट भयो । त्यतिबेलाको मजदुर वर्गको दयनीय अवस्था देखेर उनी सामाजिक तथा आर्थिक अभ्यासबाट निकै असन्तुष्ट थिए । त्यही असन्तुष्टिसंगै उनले सर्वहारा वर्गको मुक्तिका लागि राजनीतिक दर्शन प्रतिपादन गरे । अन्तराष्ट्रिय दवावपछि फ्रान्स सरकारले पनि उनलाई देश निकाला गर्‍यो । त्यहाँबाट उनी बेल्जियम पुगे । दुई वर्षको बेल्जियम बसाइमा उनी १९ औं शताब्दीको सबैभन्दा महत्वापूर्ण राजनीतिक दर्शन साम्यवादको घोषणा पत्र तयार पार्न व्यस्त रहे ।

बेल्जियम बाटै सन् १८४८ मा उनले ‘विश्वमा शोषित र शोषक वर्ग छन् र उनीहरुबीच निरन्तर लडाईं भइरहन्छ,’ भन्ने विषयलाई आधार बनाएर विश्व साम्यवादी आन्दोलन र वैज्ञानिक समाजवादको घोषणापत्र ‘कम्युनिष्ट म्यानिफेस्टो’ प्रकाशित गरे । यसलाई अहिले पनि बामपन्थी, समाजवादी तथा सर्वहारावर्गको हकहितको आन्दोलनको मार्ग निर्देशक सिद्धान्त मानिन्छ । लगत्तै उनलाई बेल्जियम सरकारले पनि देशनिकाला गरेपछि उनी बेलायत पुगे ।

लण्डनमा बसेर न्युयोर्क डेली ट्राइब्युन अखबारका लागि काम गरे । त्यहीं बाट उनको आर्थिक सिद्धान्त तथा पुँजीवादको अध्ययन सम्बन्धी ‘डास कापिटाल’ पुस्तक सन् १८६७ मा सार्वजनिक भयो । लण्डनमै सन् १८८३ मा उनको मृत्यु भयो । मार्क्सको मृत्यु भएको १ सय ३५ वर्ष पुगिसकेको छ तर, पनि उनको आर्थिक तथा राजनीतिक दर्शनमा स्थापित मार्क्सवाद अझै उस्तै छ । त्यही मार्क्सवादको जगमा रुस, चीन, भियतनाम, क्युबालगायतका मुलुकमा क्रान्ति भएका छन् । विश्वमा समाजवादी आन्दोलन अघि बढेको छ । ‘विश्वका कामदार एक होउ, तिमिहरुका लागि गुमाउन जन्जिरबाहेक केही छैन, तर जित्न सारा संसार छ’, ‘शोषक वर्गले शोषित वर्गलाई शोषण गरी नाफा कमाउँछन्’, ‘विश्वमा वर्ग सङ्घर्ष निरन्तर जारी रहन्छ’, ‘धर्म मानवजातका लागि अफिम हो’ मार्क्सका यस्ता भनाइ अझै पनि उतिकै सान्दर्भिक छन् ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : १९ बजे

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण

सकंटबाट निकालेर सुशीलाले दिलाइन् लोकतन्त्र र देशलाई जित

काठमाडौं- गत भदौ २३ र २४ गते भएको युवा पुस्ताको

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र अटल

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व– रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको हेलिकप्टरमार्फत