पित्तथैलीमा पत्थरी किन हुन्छ ? पत्थरी भएको कसरी थाहा पाउने ? | Khabarhub Khabarhub

पित्तथैलीमा पत्थरी किन हुन्छ ? पत्थरी भएको कसरी थाहा पाउने ?


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असुन्तुलित खानपान र जीवनशैलीले मानिसमा धेरै किसिमका रोगहरु लाग्छ । तीमध्ये पित्तथैलीको पत्थरी पनि एक रोग हो । आधुनकि चिकित्सा विज्ञानमा पित्तथैलीको पत्थरीलाई ‘गल ब्लडर स्टोन’ भन्निछ भने, आयुर्वेदमा यसलाई पिताश्मरी भनिन्छ ।

पित्तको पत्थरी कलेजोमा हुने सानो थैलीमा हुन्छ । पित्तथैलीमा पाचनक्रियामा काम नलाग्ने पित्त जम्मा हुन्छ । जुन सानो आन्द्रामा खाना पुग्दा पित्त गएर मिसिन्छ । पित्त एउटा तरल पदार्थ हो । यो कलेजोमा बन्छ र यसमा कोलेस्ट्रोल, बिलिरुबिनको लगायतका पदार्थहरू हुन्छ ।
पित्तको पत्थरी एउटा ठोस पदार्थ हो, यो ढुंगाजस्तो हुन्छ । यसको निर्माण कोलेस्ट्रोल र पित्तका कणहरूबाट हुन्छ । बिस्तारै–बिस्तारै जम्मा हुँदा कडा ढुंगा जस्तो हुन्छ, जसलाई पत्थरी भनिन्छ ।

पित्तको पत्थरी कोलेस्ट्रोलबाट बन्छ । यो पहेंलो हरियो रंगको हुन्छ । पित्तको पत्थरी जुन बिलिरुबिनबाट बन्दछ, त्यसलाई पिगमेन्ट स्टोन भनिन्छ ।

पित्तथैलीमा पत्थरी हुनुको कारण यस्ता छन् 

पित्तथैलीमा पत्थरी बन्नुका धेरै कारणहरू छन् ।
वंशानुगत ।
वजन बढ्नु–घट्नु ।
पित्तथैली शिथिल हुनु ।
अस्वास्थ्यकर खानपान ।
शरीरमा कोलेस्ट्रोल बढ्दा त्यसको निकास पित्तथैलीबाट राम्रोसँग नहुदा कोलेस्ट्रोल पत्थरी हुन्छ । त्यस्तै कलेजोमा सिरोसिस भएमा पिगमेन्ट पत्थरी बन्दछ । पुरुषभन्दा महिलालाई बढी पित्तथैलीको पत्थरी हुन्छ । कोलेस्ट्रोलको औषधि खाने व्यक्तिमा पित्तथैलीको पत्थरी हुने सम्भावना बढी हुन्छ ।

पित्तथैलीमा पत्थरी भएको कुरा सामान्य अवसस्थामा कुनै लक्षण देखा पर्दैन । तर पित्तथैलीको पत्थरी बढ्दै गएमा लक्षणहरु देखिन थाल्छ ।

यस्ता लक्षण देखिन्छ

माथिल्लो पेट र पिठियुँ दुख्ने ।
बान्ता हुने ।
पेट सुन्निने ।
छाती पोल्नु
बढी ग्यासले पेट भारी हुने ।

यसरी गरिन्छ उपचार

मानिसमा पित्तथैली भएको छ, छैन पत्ता लगाउन अल्ट्रासाउन्ड वा भिडियो एक्सरे गरिन्छ । पित्तथैलीको पत्थरीको उपचार आधुनिक चिकित्सा पद्धतिमा शल्यक्रिया हो । तर आयुर्वेदिक उपचार पनि छ । सामान्य अवस्थाबाट आयुर्वेदिक औषधि र जडीबुटीको प्रयोगबाट उपचार गरी पित्तथैलीको पत्थरीलाई निकाल्न सकिन्छ । यसमा अलि समय लाग्छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  ९ : ४४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः