प्रहरी कार्यालयमा घुस दिन खोज्दा... | Khabarhub Khabarhub

प्रहरी कार्यालयमा घुस दिन खोज्दा…


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– थुनामा रहेका आफन्तलाई रिहा गरिदिनका लागि भनेर घुस रकम दिने एकजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अख्तर मियाँ मंसुरीलाई रिहा गरिदिनका लागि भनेर घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–२ का २३ वर्षीय जफिर आलम छन् ।

सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत थुनामा रहेका अख्तर मियाँ मन्सुरीलाई अहिले नै छाडिदिन भन्दै जफिरले प्रहरी कर्मचारीलाई १४ हजार ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रहरी कर्मचारीले घुस लिन नमानेपछि उनले ‘तिमिहरुको जागिर खाइदिन्छु’ भन्दै अपशब्द प्रयोग गरेको प्रहरीको भनाइ छ ।

प्रहरीलाई कार्यालयमै आएर घुस दिन खोजेको र प्रहरीमाथि अपशब्द प्रयोग गरेको कसूरमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले जफिरको साथबाट १४ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : ५४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’