प्रहरी कार्यालयमा घुस दिन खोज्दा... | Khabarhub Khabarhub

प्रहरी कार्यालयमा घुस दिन खोज्दा…


२१ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– थुनामा रहेका आफन्तलाई रिहा गरिदिनका लागि भनेर घुस रकम दिने एकजना व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका अख्तर मियाँ मंसुरीलाई रिहा गरिदिनका लागि भनेर घुस दिन खोज्ने व्यक्ति पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–२ का २३ वर्षीय जफिर आलम छन् ।

सार्वजनिक शान्ति विरुद्धको कसुरअन्तर्गत थुनामा रहेका अख्तर मियाँ मन्सुरीलाई अहिले नै छाडिदिन भन्दै जफिरले प्रहरी कर्मचारीलाई १४ हजार ५ सय रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रहरी कर्मचारीले घुस लिन नमानेपछि उनले ‘तिमिहरुको जागिर खाइदिन्छु’ भन्दै अपशब्द प्रयोग गरेको प्रहरीको भनाइ छ ।

प्रहरीलाई कार्यालयमै आएर घुस दिन खोजेको र प्रहरीमाथि अपशब्द प्रयोग गरेको कसूरमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीले जफिरको साथबाट १४ हजार ५ सय रुपैयाँ समेत बरामद गरेको छ ।

प्रकाशित मिति : २१ माघ २०७५, सोमबार  १२ : ५४ बजे

सुनको मूल्य स्थिर , कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप

सूर्योदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस दिने 

काठमाडौं– सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई ६ प्रतिशत

अन्तर्राष्ट्रिय बेलुन महोत्सव पोखरामा सुरु (तस्बिरहरू)

कास्की– पर्यटकीय नगरी पोखरामा आजदेखि  अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको

एकीकृत समाजवादी गण्डकी प्रदेशको अधिवेशन पोखरामा

काठमाडौं– नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेशको प्रथम अधिवेशन यही पुस